आज विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट आक्रान्त भैइरहेको छ । संसारका सबै देशहरू आ– आफ्नो क्षमता अनुसार कोरोनासंग लडीरहेका छन् । चीनले आफ््नो देशमा कोरोना नियन्त्रण गरिसकेको अवस्था छ भने इटाली ,स्पेन ,अमेरीका, ईरान जस्तो बिकसीत मुलुकहरूमा कोरोना संक्रमण तिब्र गतीमा बढी रहेको छ ।
युरोप जस्तो बिकसीत सम्पन्न मुलुकहरु कोरोनासंगको लडाईमा बिजय हासील गर्न मुस्किल परिरहेको अवस्था छ । दक्षिण एसियाको चीनको उहान प्रान्तबाट शुरु भएको कोरोना विश्वभरी फैलीसकेको छ । एसियाकै मुलुकहरूमा भने मन्द गतिमा कोरोना फैलिरहेको छ । युरोप ,अमेरीका पछि कोरोना महामारीको केन्द्र दक्षीण एसियामा चीन पछिको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा फैलिइरहेको छ । भारत ,चीन बिचमा अवस्थित रहेको नेपाल केन्द्र बन्न सक्ने संकेत विश्व स्वास्थ्य संगठनले चेतावनी दिदै आएको कुरा सबैमा सर्वविदित नै छ ।
नेपाल सरकारले नेपाली जनताको स्वास्थ्यलाई र कोरोना महामारी फैलिने सम्भावनालाई मध्यनजर गर्दै अन्तरास्ट्रिय उडान ,आन्तरिक उडान ,सवारी साधन,उधोग कलकारखाना ,स्कुल लगायत पुर्ण रुपले बन्द गरेको छ । चैत्र १० गते देखि १८ गतेसम्म देश नै लकडाउन गरिएको छ । सरकारले लकडाउन गरि सम्पुर्ण नेपाली जनतालाई आ–आफ्नो घरमा बस्न आह्वान गरेको छ । यो परिस्थिति अझै महिनौसम्म लम्बिन सक्ने अवस्था हामी सबैले बुझिराखेका नै छौं । गरिखाने मजदुर ,ज्यालादारीहरुको लागि दुई छाक खाने बस्ने व्यवस्था मिलाउन संघिय सरकारले प्रदेश र स्थानीय सरकार लाई निर्देशन गरि सकेको छ । सम्भावीत कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि आवश्यक व्यवस्था मिलाइसकिएको छ ।यसको लागि सम्पुर्ण साना ठूला सरकारी अस्पतालहरु तयारी अवस्थामा छन , तथापी यो पर्याप्त भने होइन ।
कुनै कारणबस बिरामीको संख्या तिब्र गतिमा बढ्यो वा परिस्थिति लम्बिदै जादा निश्चित छ कि देशको अर्थतन्त्रले धान्न मुस्किल त हुन्छन नै साथै अर्थतन्त्र नै धारासायी हुने अवस्था नहोला भन्न सकिन्न । यसै सन्दर्भमा सरकारलाई संघीय संसादको हैसियतले केही सुझाव तथा ध्यानाकर्षण गराउन चाहन्छु ।
१.अहिलेको अवस्थामा प्राईभेट अस्पतालहरुले सामान्य बिरामीहरु उपचार्थ पुग्दा बिरामीहरुलाई उपचार दिने भन्दा पनि सामान्य चेक जाच गरि सरकारी अस्पतालहरुमा रिफर गर्ने वा अस्पतालहरुले गेटबाट नै फर्काउने समाचारहरु बाहिर आइरहेका छन् । हाम्रो देशमा महामारी तिब्र गतिमा फैलिने हो र प्राईभेट अस्पतालहरुले अहिलेको प्रवृत्ति कायम राख्ने हो भने सरकारी अस्पतालहरुले मात्रै सेवा पुर्याउन असम्भव नै हुन्छ । सरकारले यस्तो संबेदनशिल परिस्थितिमा प्राईभेट अस्पतालहरुलाई नेपाली जनताको स्वास्थ्यमा खेलवाड नगरी उपचार गर्ने र गराउने कडा निर्देशन दिईनु पर्दछ । सरकारी स्वास्थ्यकर्मीहरु भन्दा ठूलो संख्यामा रहेको प्राईभेटमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा जस्तै बीमा प्रदान गरि परिचालन गर्न आवश्यक छ । देश र जनताप्रति उतरदायी भइ सरकारले आवश्यक पर्दा सम्पुर्ण प्राईभेट अस्पतालहरुलाई सरकारीकरण गर्न तयार हुनु पर्दछ ।
२. प्रहरी प्रसाशन ,जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र स्थानीय युवाहरुको युनीफाईड कमान्ड गठन गर्नु पर्दछ । कोरोनाबाट बच्ने र जनतामा सेवा पुर्याउने तालीमहरु प्रदान गरीनु पर्दछ र परिचालन गर्नु पर्दछ ।गाउँ घरको सुरक्षा, महामारी सम्बन्धी चेतना जगाउन र सम्पुर्ण सेवाहरु घर घरमा पुर्याउन स्थानीय युवाहरुको जनमिलीसीयाहरु गठन गर्नु पर्दछ । यदि लामो समयसम्म अहिलेको परिस्थिति हामी सामु खडा भैइ रहयो भने पनि हामी र हाम्रो देश कोरोना विरुद्ध लडि रहन सक्छ ।
३. लकडाउनको अवस्थामा जनतालाई चाहिने अति आवश्यक पर्ने खाद्यान्न ,औषधी ,ग्यास,दुध आदिका पसलहरु नियमित रुपमा संचालनमा आउनुपर्छ । त्यसप्रकारका पसलहरुले कृतिम अभावहरु सृजना गरि कालोबजारी गर्ने गरेको समाचारहरु आईरहेका पनि छन् । यस्ता कार्यलाई सरकारले पुर्ण रुपले नियन्त्रण गर्नुपर्छ । सकेसम्म स्थानीय सरकार अन्तरगत वडाहरुबाट सम्पुर्ण अतिआवश्यक सामानहरु जनमिलिसियाहरु मार्फत जनताको घरघरमा पुर्याउने व्यवस्था मिलाउनु पर्दछ ।
४. नेपालको अर्थव्यवस्थालाई धारासायी हुनबाट जोगाउन कोरोना संक्रमन हुनबाट जोगिने बिधि अपनाउने वा खोजीगरि उत्पादन हुने क्षेत्रहरुको पहिचानगरि काममा परिचालन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
५. नियमित रुपमा काम गर्ने सरकारी कर्मचारी ,प्राईभेट कम्पनीहरुका कर्मचारी ,मजदुर ,किसानहरुको पहिचान गरि काममा परिचालन गर्नुपर्छ । काममा खटिनु अगाडी र पछाडी आवश्यक चेक जाँच पछी आफ््नो क्याम्पमा जाने बस्ने व्यवस्था मिलाउनु पर्दछ । काममा खटिने बाहेकको हकमा लकडाउन अवधिभरी सम्पूर्ण नागरिकले पुर्ण रुपले पालना गर्नु पर्ने व्यवस्था मिलाउनु पर्दछ ।
६.सम्पुर्ण सार्वजनिक स्थलहरु,कोलोनीहरुको मुल गेट ,गाउँ घरका मुख्य प्रवेशद्धार ,शहरका मुख्य ठाउँहरुमा चेकजाँचको व्यवस्था मिलाउनु पर्दछ ।
७.उद्योग ,कलकारखानाहरु,कार्यलयहरुमा आवश्यक अत्याधुनिक स्वास्थ्य उपकरण चेकजाँचको व्यवस्था ,कोरोना सुरक्षा कवजको व्यवस्था मिलाई संचालनमा ल्याउनु पर्दछ ।
८.नेपाल कृषि प्रधान देश हो । कृषि उत्पादन केन्द्रिय कार्यक्रम बनाई कृषकहरुलाई कोरोनाबाट बच्ने तरिका र आवश्यक कोरोना सुरक्षा कवज प्रदान गरी कृषि उत्पादनमा जोड दिनु पर्दछ ।
९. कोरोना जस्तो महामारी चौतर्फी फैलिरहेको परिस्थितिमा देश र जनताको सेवाको काममा सरकारको योजना अनुरुप काममा खटिएका जो कोही नेपाली नागरिकहरुको हकमा सुरक्षा बीमाको ग्यारेन्टी गरिनु पर्दछ ।
१०. आफू पनि सुरक्षित रहांै । अरुलाई पनि सुरक्षित रहन मद्दत गरांै । यो संक्रमनकालिन अवस्थामा हामी सबै एक जुट भैइ धैर्य धारण गरि सरकार लाई सहयोग गरांै ।

                                                             लेखक चौधरी सुनसरीबाट प्रतिनिधित्व गर्ने  संघीय सांसद हुन