इटहरीः विश्वभरी महामारीका रुपमा फैलिदै गरेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिएको र सरकारले देशैभरी लकडाउन गरेको अवस्थामा विकास बजेट कटौती गरेर श्रमजीवि वर्गका लागि तत्काल राहत प्याकेज ल्याउन समाजवादी पार्टीका केन्द्रिय सदस्य एबम् बिसु अभियान ३ नं क्षेत्र प्रतिनीधिसभा सुनसरीका संयोजक पदम अधिकारीले तीन तहकै सरकारसंग माग गरेका छन् ।
उनले शनिवार एक प्रेस विज्ञप्ती प्रकाशित गरि संघीय, प्रदेश र स्थानीय सरकारसंग सो माग गरेका हुन् । उनले विज्ञप्तीमा मनव सभ्यता माथि नै संकट सिर्जना गर्ने गरि यो युगकै महामारीको रुपमा नोबल कोरोना भाइरसले के बिकसित के बिकासोन्मुख मुलुकहरु आक्रान्त छन् । सजग र सचेत हुन सके बिकसित भन्दा बिकासोन्मुख र बिकासशील मुलुकहरु कम आक्रान्त भएको देखिन्छ । यो संक्रमण पार्टी,जाती,क्षेत्र,लिङ्ग नहेरी संक्रमणको प्रभाब पर्ने भएकोले यो परिस्थितिको सामना गर्न सबैको दायित्व रहेको उल्लेख गरेका छन् । उनले प्रेश विज्ञप्ती मार्फत निम्न कुरामा तीन तहका सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
१.सरकारले नोबल कोरोना भाइरसको महामारीबाट नागरिकलाइ बचाउन ७ दिनको लकडाउन घोषणा गरेर सजग गराउने काम स्वागत योग्य छ । यो लकडाउनको अवधिमा सुनसरी ३ प्रतिनीधिसभा निर्वार्चनक्षेत्रका पार्टी नेता कार्यकर्ताहरुले आफु पनि लकडाउनको पुर्णरुपमा पालना गर्दै सामाजिक सञ्जाल,टेलिफोन र यस्तै उपयोगि माध्यमबाट छरछिमेक,टोल र आफन्तहरुलाइ सचेत र सजग गराऔ । लकडाउनको अवधीमा गाँउटोलमा अपरिचित र बाहिरका मानिसहरुको आवत जावत बन्द गरौं । गाउँ टोलका निम्न आय भएका र बिहान बेलुका श्रमगरि छाक टार्ने परिवारको अबस्थाको जानकारी लिउ,आफुले सकिने सहयोग गरौ र वडा कार्यलयमार्फत स्थानीय सरकारबाट सहयोग दिलाउन पहल गरौं ।
२.यो लकडाउन धान्न उच्च र मध्यम बर्गका लागि त सहजै होला । तर दैनिक ज्याला मजदुरी गरि खाने श्रमजीबि र निम्न आय भएकाहरुका लागि यो ७ दिने लकडाउन नै असहज भइसकेको छ । नोबल कोरोना भाइरसको बारेमा दुनियाको परिस्थीति नियाल्दा ७ दिनको लकडाउनले हाम्रोमा सहज अबस्था बन्ने सम्भावना देखिदैन । न्यूनतम २ हप्ता लकडाउन थप्नु पर्ने अबस्था आउन सक्छ । भोको पेटले लकडाउन धान्न सक्ने सम्भावना हुदैन । त्यसैले तीन तहका सरकारले सबै राजनीतिक दल र सामाजिक संघरसंस्थाहरुसँगको समन्वयमा श्रमिक र निम्न आय भएका नागरिकहरुका लागि आधारभूत आबश्यक बस्तु उनिहरुको घर घर पुर्याउने काममा तत्काल कार्ययोजना बनाइ कार्यन्वयन गर्नु पर्दछ । त्यसका लागि सुनसरी जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यालयले तत्काल यस तर्फ पहल कदमी गर्नुपर्छ । यस्तो गम्भीर अबस्थामा दलीय संकिर्णता भन्दा माथि उठेर बिकास बजेट कटौति गरेर भए पनि राहत प्याकेज तत्काल घोषणा गर्न हाम्रो पार्टीको माग छ । यो काम नगरे भोकै लकडाउन कार्यान्वयन हुन सक्तैन र महामारीबाट नागरिकलाइ बचाउन सकिँदैन । त्यसैैले बिहान बेलुकाको छाक टार्न नसकेर मर्नु भन्दा लकडाउन तोड्ने लहर चल्छ र राज्यको ध्यान अन्यत्र मोडिन बाध्य हुन्छ ।
३.स्थानीय सरकारको तर्फबाट करेन्टाइन निर्माण लगायतका कार्यको स्वागत गर्दछु । नोबल नोरोना भाइरसबाट आम नागरिकलाइ बचाउन क्रियाशील स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र एम्बुलेन्सचालकलाइ चाहिने सुरक्षा इक्वीमेन्टहरुको तत्काल उपलब्ध गराउन माग गर्दै स्थानीय तहमा रहेका स्वस्थ्यकर्मी र सामाजिक अभियान्ताहरुको स्वास्थ्य अनुगमन गर्ने वातावरण बनाउन जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यलयसँग माग गर्दछु । यस्तो संकटको अवधीमा मेडिकल पसल र आधारभुत आबश्यकताका बस्तु आपुर्ति गर्ने घुम्ति पसल चलाउने वातावरण बनाउन समेत हाम्रो माग छ ।