इटहरीः नेपाल दरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङले लकडाउनका कारण दैनिक श्रम गरेर परिवार पाल्ने इटहरी क्षेत्रका ५० घर परिवारलाई राहत दिने घोषणा गरे अनुसार शनिवारबाट राहत सामाग्री वितरण शुरु गरिएको छ ।
काम बिषेशले उनि यूके रहेपनि उनले इटहरीमा रहेका अन्य दरुण दलका युवा नेताहरु मार्फत विपन्न परिवारलाई राहत वितरण गरिएको हो । शनिवार इटहरी २० का १५ दैनिक श्रम गर्ने परिवारलाई राहत प्रदान गरिएको राहत वितरण कार्यमा सहभागी नेपाली कांग्रेस इटहरी नगरका सदस्य दिब्यराज गुरुङले बताए ।
उनका अनुसार एक परिवार बराबर ५ किलो चाम, ३ किलो आलु, १ पोका नुन र एक डल्ला साबुन राहत स्वरुप वितरण गरिएको हो । बाँकी परिवारलाई क्रमश भोलिबाट वितरण गर्दै जाने उनले बताए ।
युकेमा रहेका सिजनले दुई दिनअघि आफ्नो फेसबुक पेंजबाट कोरोना भाईरसबाट जनता र देशलाई बचाउन नेपाल सरकारले गरेको लकडाउनको प्रशंसा गरेका थिए । उनले लकडाउनका बेला दैनिक श्रम गरेर खाने परिवारले भोकै बस्नु नपरोस भनेर सानो सहयोग स्वरुप पहिलो चरणमा ५० घर परिवारलाई ७ दिनसम्म पुग्ने खाद्यन्नका राहत समाग्री वितरण गर्ने घोषणा गरेका थिए । उनले आफुपनि लकडाउनका कारण तत्कालै नेपाल आउन नपाएको जनाउदै आवश्यक परे थप परिवारलाई राहत प्याकेज दिने प्रतिवद्धता पनि जनाएका छन् ।