इटहरी: नेपाल सरकारले कोरोना भाईरसको सङ्क्रमण फैलिन नदिन एक हप्ता अगाडीबाट नेपाललाई लकडाउन गरिए छ । घर बाहिर अत्याबश्यक काम बाहेक नहिड्न भनिएकाे छ । कहीं भेला भएपनि २५ जना भन्दा माथि भेला नहुन सर्वसाधरणलाई भनिएकाे छ । सरकारको निर्देशनमा प्रायः सबै नागरिकले पालना गरिरहेका छन् ।
तर लकडाउनको पालना सम्पुर्ण जनताले गरिरहेको अबस्थामा इटहरीका मेयर द्धारिकलाल चौधरीले भने लकडाउनको कुनै पालना नगरि आज ३ सय बढी वडाबासीलाई असुरक्षित तरिकाले भेला गराएर राहत बाँड्ने कार्य गरेका छन, त्यो पनि कार्यपालिका बैंठकको निर्णय विपरित । इटहरीको वडा नम्बर १ र १७ को सिमानामा पर्ने मुसहर बस्तीमा मेयर चौधरी आफैं राहत बितरण गर्न पुगेका बेला केही सचेत वडाबासीहरुले मेयर जस्तो व्यक्तिले लकडाउनको कुनै ख्याल नगरि हुलका हुल मानिस जम्ममा गराएर देशबासीको स्वास्थ्यमा खेलवाड गरेको भन्दै विरोध गरेका थिए ।
इटहरी उममहानगरपालिकाको हिजो बसेको बैठकले इटहरी पालिका भित्रका बिपन्न परिवारलाई करिब ८०० रुपैयां बराबरको तेल चिनि,दाल,नुन चामल बितरण गर्ने योजना भएपनि मेयर चौधरीले प्रतिपरिवार करिब १० केजी.चामल र एक के.जी. नुन का दरले राहत लिएर मुसहर बस्तीमा पुगेका थिए ।
स्थानीयको स्वास्थ्यलाई कुनै वडा नम्बर १७ का वडाध्यक्ष भगवानलाल शाहले प्रदेश पोर्टललाई पालिकाको निर्णय अनुसार वडा कार्यलयले सिफारीस गरेपछि मात्रै करिब ८०० बराबरको खाद्यान्न स्थानीयलाई राहत बितरण गर्ने निर्णय भएको तर मेयर साबले आफुलाई नै थाहा नदिई राहत बितरण गरेको बताए । वडाध्यक्ष शाहले मेयर साबको गलत तरिकाले स्थानीयको स्वास्थ्यलाई ध्यान नदिई स्थानीयमा राहत वितरणका नाममा त्रास फैलाउने कार्य गरेको आरोप लगाए ।
वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष निश्चल पोखरेलले कार्यपालिका निर्णय बिपरीत आफूलाई थाहै नदिई राहत बितरण गरेको बताए । उनले आफुलाई वडामा सिफारिसका आधारमा राहत बितरण गर्ने भनिएको तर कुनै खोजी खबर नगरी मेयर चौधरी ले आफुखुसी सयौंको संख्यामा मानिस भेला गरेर राहत वितरण कार्य गरेको बताए ।
राहत बाड्ने भन्दै सयौंका सङ्यामा भेला भएका स्थानीयले राहत स्थलमा स्वास्थ्यमाथि कुनै सुरक्षा नराखी सयौंलाई भेला गरेको भन्दै आक्रोस पोखेका छन् । यस बिषयमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारीकलाल चौधरीलाई बुझ्दा उनले सके आफैं आएर राहत बितरण गर्नु तर काम गर्नेलाई गर्न दिनु भन्दै गैरजिम्मेवारी जवाफ दिए ।