इटहरीः देशभर फैलिदै गएको कोरोनाको संक्रमण विरुद्धको लडाईमा सुनसरी जिल्लाका राजनितिक दलहरु एकै ठाउँ उभिएका छन् ।
लकडाउन लाई प्रभावकारी रुपमा कार्यान्यवन गराउन विभिन्न पार्टीका जिल्ला स्तरिय नेताहरु एकै ठाउँमा उभिदै आपतकालिन अवश्थालाई चिर्न स्थानीय सरकारमा रहेको आ–आफ्ना नेतृत्वहरुलाई निर्देशन समेत दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलिय बैठकले कोरोना भाइरसको सक्रमण रोक्नका लागी सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन सुनसरी प्रशासन सँग माग गर्ने निर्णय गरेको छ ।
बैठकले लकडाउनको अवधीमा दैनिक ज्याला मजदुरी गर्ने वर्गको परिवार भोकै बस्ने अवश्था आउन नदिनका लागी खाद्यन्नको उचित व्यवश्था गर्न सुनसरीका १२ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । देशभर कोरोना भाईरसको सक्रमण रोक्न सरकारले लागु गरेको लकडाउनको अवश्थामा सुनसरीका राजनितीक दलहरुको आकस्मीक बैठलले एकै स्वरमा सर्वसम्मत निर्णय गर्दै गरिव विपन्न समुदायलाई खाद्यान्नको व्यवश्था गर्न अग्रसरता देखाएको हो ।
सुनसरीमा रहेका राजनितिक दलहरुले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जिवन गुजारा गरिरहेका मानिसहरुको न्युनतम आधारभुत आवश्यकता पुरा गर्न स्थानीय तहलाई निर्देशन दिएका हुन् ।
नेपाली काग्रेसका सुनसरी सभापती तथा प्रदेश एकमा विपक्षी दलका नेता राजिव कोईरालाले विश्व विषम परिस्थीतीमा गुज्रीरहेको समयमा हामीले दलगत चिन्तन माथी उठेर मानविय आवश्यताका सवालहरुलाई लकडाउनको अवधीमा पुरा गर्न सर्वदलिय सहमतीका आधारमा पुरा गर्न जोड दिएको बताए ।
उनले बजारमा मौकाको फाइदा उठाउनेहरुले कृतिम अभाव सृजना गरि कालोबजारी गर्ने अवश्था आउन नदिन राजनितिक दलहरुले स्थानीय प्रशासनलाई प्रभावकारी रुपमा काम गर्न सहयोग गर्दै विश्व महामारीको सामना सवैले सावधानी पुर्वक गरि दैनिक जिवनका समस्याहरु सामाधानमा समेत पहल गर्न अगाडी आएको बताए ।
नेकपा प्रदेश एकका सदस्य पोष्टकुमार नेपालले सुनसरीमा रहेका राजनितिक दलहरुले देश र विदेशमा कोरोना भाइरसको बढ्दो सक्रमणलाई ध्यान दिदै आपुर्ती व्यवश्थालाई सहज बनाउदै दैनिक ज्याला मजदुरी गर्ने समुदायहरु भोकै बस्न र रोगले भन्दा भोकले मर्ने अवश्था आउन नदिन स्थानीय तहलाई खाद्यान्नको व्यवश्था गर्न निर्देशन दिएको बताए ।
सुनसरीमा लकडाउनलाई प्रभावकारी कार्याव्यन गराउन सुनसरीवासीहरुले समेत घरमा बसेर अति आवश्यक काम बाहेक बाहिर हिडडुल नगर्न आग्रह गर्दै दलहरुले दैनिक उपभोग्य वस्तुको सहज आपुर्ती व्यवश्था मिलाउन प्रशासनको ध्यान आकर्षण गराउने निर्णय गरेका छन ।
बैठकमा नेकपा सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल, प्रदेश एक सदस्य पोष्टकुमार नेपाल, खेमराज पोखरेल, सुनसरी सचिव रमेश बस्नेत, नेपाली काग्रेसका सभापती तथा विपक्षी दलका नेता राजिव कोइराला, सासद सिताराम मेहता, सुनसरी सचिव केदार भण्डारी, उपसभापती संजयकुमार श्रेष्ठ, कोषाध्यक्ष पंकज महतो, समाजवादी पार्टी नेपालका अध्यक्ष भगिरथ खत्वे, राजपा नेपालका अध्यक्ष रघुनाथ मेहता लगायतका सहभागी रहेको थियो ।