विराटनगरः कोरोना भाइरस सक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने प्रदेश १ का लागि चाहिने स्वास्थ्य सामाग्री विराटनगर आईपुगेको छ । चीनबाट काठमाण्डौं ल्याएका ती स्वास्थ्य सामाग्री नेपाली सेनाको स्काई ट्रक सोमबार अपरान्ह विराटनगर ल्याएको हो । 

 उपकरण बोकेर स्काई ट्रक दोस्रो पटकमा विराटनगर विमानस्थलमा अवतरण गरेको थियो । स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण १ हजार थान पीपीईबाहेक अन्य सामान काठमाडौंमै झारेर स्काई ट्रक आएको हो । स्काई ट्रकले पीपीई मात्र ल्याएपछि एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन, १० थान थर्मल गन र सेनेटाइजर गाडीबट आउँदै गरेको प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । गाडीबाट आउने उपकरण मंगलबार आइपुग्ने उनले बताए ।

दिउँसो १ बजे विराटनगर विमानस्थलमा पुगेर काठमाण्डौबाट आएको सामान मन्त्री घिमिरे र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले बुझ्mेका थिए । प्राप्त भएका सामान सोमबार नै विराटनगरका अस्पताल र प्रदेशका १४ वटै जिल्लामा पठाइ सकेको मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।
सरकारले पठाएको थप सामाग्री प्राविधिक कारणले हेलिकप्टरबाट आउन सम्भव नभएपछि गाडीबाट आईरहेको छ । संघीय सरकारले पठाएको १ हजार थान पिपिई आवश्यकताको हिसाबले कम भएपनि यसले कोरोना उपचारमा खटेका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान हुने छ ।
प्रदेश १ मा हाल कोशी अस्पताल र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोनासँग लड्न पूर्ण तयार रहेकोले यो दुईवटामा बढी मात्रामा पिपिई दिइनेछ । यस्तै विराटनगर स्थित नेशनल ट्रेडिङमा निर्माणाधीन रहेको अस्पताल पनि दुई दिनभित्र संचालनमा आउनेछ ।

sky-trak-1-scaled
कोशी र बीपीमा १५० थानको हिसाबले पिपिई दिईने र दुई दिनपछि सुरु हुने भएको कोरोना अस्पताललाई २ सय थान दिने मन्त्रालयको योजना छ । यस्तै
मेचीमा ४६ पिस, मोरङमा ३४, सुनसरीमा २४, धनकुटामा १४, तेह्रथुममा १२, संखुवासभामा २०, भोजपुरमा १८, सोलुखुम्बुमा १६, उदयपुरमा १६, खोटाङमा २०, झापामा ३०, पाचँथरमा १६ , ताप्लेजुङमा १८ , ईलाममा २० र ओखलढुङ्गामा १६ पिस पीपीई पठाउने प्रदेश सरकारले जनाएको छ ।
कोरोना उपचारमा खटेका स्वास्थ्कर्मीको उपचारमा सरकारले कुनै कमी हुन नदिने र आवश्यक थप सामान पनि मगाउने मन्त्री घिमिरेले बताए । सुरक्षा उपकरणबिना कोरोनाको उपचारमा संलग्न हुन स्वास्थ्यकर्मीलाई बाध्य नबनाईने स्पष्ट पारे । उनले संघीय सरकारले दिएको विमा र अतिरिक्त भत्तासँगै प्रदेश सरकारले पनि थप प्याकेज घोषणा गर्ने उनले जवानकारी दिएका छन् ।