धरान: लकडाउन उलङ्घन गर्ने दुई ब्यक्तिलाई धरान प्रहरीहरूले घुँडा टेकाएर हिडाएका छन् ।

धरानको वडा प्रहरी कार्यालय अगाडि नेपाल प्रहरीकी एक महिला र धरान नगरप्रहरीले ति दुई जना व्यक्तिलाई लकडाउन उलङ्घन गरेको भन्दै घुँडा टेकाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

भानुचोक स्थित वडा प्रहरी कार्यालय अगाडि खिचिएको सो भिडियो मा दुई ब्यक्ति घुडाँ टेकेर हातले कान समाएका छन् । तिन जना नगर प्रहरी र एक जना नेपाल प्रहरीकी महिलाले ति दुई ब्यक्तिलाई प्रहरी महिलाले हात उठाउँदै तपाईहरुलाई यत्रो सुचना गरेको सुन्नु भएन? अब यता आउने कि नआउने? भन्दै काबु कायल गरेको भिडियोमा देख्न सकिन्छ ।

त्यसपछि ति ब्यक्तिलाई घुडाँ टेकाएर कानमा हात समातेर अलि पर पुर्याएपछि घर जानु भनेको देखिन्छ । यो भिडियो सामाजिक सञ्जालमा आएपछि केहीले प्रहरीलाई राम्रो काम भनेका छन् भने कैही ब्यक्ति आलोचना समेत गरेका छन् ।
हामीले यो भिडियो कपुरीन्युज डटकमबाट लिएका हौं ।