इटहरीः कोरोना भाइरस(कोभिड १९) को संक्रमणका कारण ज्यान जानको संख्या ३७ हजार ८ सय ३२ पुगेको छ । विश्वभरमा उपचारपछि १ लाख ६५ हजार ८ सय ९० जना निको भएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर संक्रमितको संख्या ७ लाख ८५ हजार ७७७ पुग्दा ३७ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये १ लाख ६५ हजार ८९० जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमितमध्ये ४ दशमलप ८१ प्रतिशतले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणको कारण इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ। इटालीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसेका छन्। इटालीमा सोमबार एकै दिनमा ८ सय १२ जनाले ज्यान गुमाएका छन्।
इटालीमा संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ। संक्रमितमध्ये १४ हजार ६२० जना उपचारपछि निको भएका छन् । इटालीमा हिजो एकैदिन ४ हजार ५० नयाँ संक्रमित भेटिएका छन् भने सो दिन ८ सय १२ जनाको मृत्यु भएको छ ।
इटालीपछि सबैभन्दा धेरै स्पेनमा ७ हजार ७ सय १६ जनाको मुत्यु भएको छ।
८७ हजार ९८५ जना संक्रमित हुँदा स्पेनमा १६ हजार ८७० जना उपचारपछि निको भएका छन् । स्पेनमा हिजो ९ सय १३ जनाको मृत्यु भएको छ भने ८ हजार नयाँ संक्रमित थपिएका छन् ।
मृतक संख्याको आधारमा चीन तेस्रोमा छ । चीनमा ८१ हजार ५१८ जना संक्रमित हुँदा ३ हजार ३०५ ले ज्यान गुमाएका छन् । संक्रमितमध्ये चीनमा ७६ हजार ५२ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो तथ्यांकमा संक्रमितमा विश्वमै सबैभन्दा अगाडि रहेको अमेरिकामा मृतक संख्य ३ हजार १४८ पुगेको छ । अमेरिकामा १ लाख ६४ हजार २५३ जना संक्रमित भएकोमा ५ हजार ५०६ जना उपचारपछि निको भएका छन् । अमेरिकामा हिजो एकै दिन झण्डै २० हजार नयाँ संक्रमित भेटिएका छन् भने ५ सय ६५ जनाको मृत्यु भएको छ।
अमेरिकापछि फ्रान्समा मुवित्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ भने इरानमा २ हजार ७ सय १६ ले ज्यान गुमाएका छन् । फ्रान्समा हिजो ४ सय १८, जर्मनीमा १ सय ४, बेलायतमा १ सय ८०, इरानमा १ सय १७, नेदरल्याण्ड्समा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु भएको छ। त्यसैगरी टर्कीमा ३७, क्यानडामा २४, पोर्चुगलमा २१, ब्राजिलमा २७ र स्वीडेनमा ३६ जनाको ज्यान गएको छ। भारतमा हिजोमात्रै ५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ३२ पुगेको छ भने भारतमा २ सय २७ नयाँ संक्रमित भेटिएकपछि कूल संक्रमितको संख्या १२ सय ५१ पुगेको छ ।
विगत २४ घण्टामा संसारभरी ६० हजार ९ सय ६१ जना नयाँ बिरामी थपिएका छन्। पछिल्लो २४ घण्टामा संसरभरी ३ हजार ७ सय १५ जनाको मुत्यु भएको छ । नेपालमा हालसम्म ५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।                                       (एजेन्सीको सहयोगमा)