धरानः क्वारेन्टाइन शुरु भएको आज सतौै दिन भयो । कोरोनाको सन्त्रासले शहर शान्त छ , स्तब्ध छ । सबै जना आ– आफ्नो घरमा होम क्वारेन्टाइनमा बसेका छन् । दिनभरी घर बस्दा सबौलाई समय कटाउन गाह्रो भएको छ । समय काटन यो बेला अहिले फेसबुकमा आफ्नो पुरानो फोटो हाल्ने अनि आफ्नो घरमा बनाएको मीठो परिकारको फोटो हाल्ने र टिकटक बनाउने होड नै चलेको छ ।
अरुलाई घरमा बसेर समय बिताउन गाह्रो भएर फेसबुकमा रमाईलो गर्दै फोटो पोस्ट अनि रमाईलो कमेन्ट गर्दै बसेको बेला एउटा परिवारलाई चाहिँ भ्याइ नभ्याई छ । त्यो परिवारले साँझ र बिहान ३०० देखि ४०० केजि सम्म चामल , दाल, चाउचाउ , भुजाको प्याकेट बनाउने र अनि दिनभरी टेम्पोमा बोकेर धरान भरिका सुकुम्बासी वस्तीका मजदुरी गर्ने व्यक्तिको घर–घर पुर्याउने गर्छन् ।
अति बिपिन्न परिवार जसलाई अहिलेको क्वारेन्टाइन ले गर्दा हात मुख जोर्न समस्या परेको छ ,त्यस्ता व्यक्तिहरुको लागि भनेर दुई छाक खाद्यान्न समाग्री वितरण अभियान भन्दै संचालन गरेका व्हाईट हाउस होटल म्यानेजमेन्ट कलेज धरानका सिईओ अरुण प्रधानका परिवारलाई यसबेला भ्याई नभ्याई छ । प्रधानले चैत्र ४ गते देखि आफ््नो होटल म्यानेजमेन्ट कलेजको तर्फ बाट निशुल्क मास्क तथा डिटोल साबुन वितरण कार्यक्रमबाट यो अभियान प्रारम्भ गरेका थिए । उनले मास्क खरिद गर्ने पहुँच भन्दा टाढा तथा कोरोना रोग सम्बन्धि जानकार नभएका अति बिपिन्न वर्गमा गएर मास्क तथा डिटोल साबुन वितरण गर्नुको साथै कोरोना रोग सम्बन्धी जनचेतना फैलाउने कार्य पनि गर्दै आएका छन । यहि क्रममा उनले सरस्वती बाल आश्रम , पकलीको बृद्धा आश्रम , पकली तथा ईनरुवाको मुसहरवस्ती , मरिक वस्ती , ॐ शान्ति ईनरुवा,धारानको सरस्वती बाल आश्रम, अरुण टोल,खोरिया वस्ती, पानवारा सुकुम्बासी वस्ती, पत्रकार महासंघ अन्तर्गत धरानका पत्रकारहरु , ईलाका प्रहरी कार्यलय धरान, सशस्त्र प्रहरी धरान,वीपीका सेक्युरिटी गार्डको समूह तथा स्थानीयवासी लगायत दर्जनौ स्थानमा १० औ हजार भन्दा बढिको संख्यामा प्रधानमा मास्क वितरण गरि सकेका छन् ।
अहिले उनी यो लकडाउनको बेला ज्याला मजदुरी गरि खाने परिवारको लागि २ छाक खाद्यान्न समाग्री वितरण अभियान भनेर खोजी खोजी अति बिपिन्न परिवारको घरदैलो गर्दै राहत बाडिरहेका छन् । यस्तो बेला नगरे कहिले गर्ने त ? अहिले धेरै संघ संस्थाहरुले विभिन्न स्थानमा यस्तै कार्यक्रम गरेकोमा आफुलाई खुशी लागेको उनी बताउछन् । उनि भन्छन्–‘ चुनावको बेला नेताहरुले पार्टी को झण्डा , क्याप, भेस्ट, भोज भतेर कार्यक्रममा लाखौ करोडौं खर्च गर्छन् , अहिलेको अवस्थामा ती नेताहरुले यसरी नै घरदैलो गर्दै माक्स र खाद्यान्न समाग्री वितरण गरे कति राम्रो हुनेथियो । उनिहरुलाई आगामी चुनावमा भोटको लागि फेरि त्यति धेरै मेहनत गर्नु नपर्ने उनको तर्क छ ।
प्रधान अहिले आफ््नो घरमा खाजा बनाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको आंशकामा भर्ना भई क्वारेन्टाइनमा बसेका र उनिहरुको सुरक्षामा खटेका प्रहरी सहित १५ जनाको लागि दैनिक चाउचाउ , अन्डा, फ्रुटी, बिस्कुट सहितको खाजा पनि उपलब्ध गराउदै आएका छन । वीपीले दुई टाईम मात्रै खाना उपलब्ध गराउने हँुदा उनिहरुले दिनभरी भोकै बस्नु पर्ने भएकाले समाजसेवी शिला बज्राचार्यको अनुरोधमा आफ््नो कलेजको तर्फबाट घरमा नै खाजा बनाई उपलब्ध गराएको प्रधानले बताए ।
चामल , दाल, भुजा, चाउचाउ तरकारी उपलब्ध गराउदै आएका उनिले अहिले सम्म २ हजार केजि भन्दा बढी चामल वितरण गरि सकेका छन् । अहिले उनीसंग सहकार्य गर्न विभिन्न संघ संस्था र व्यक्तिहरुले दिनदिनै सम्पर्क गरिरहेका छन् । स्थानीय टोल बिकास संस्था, वडा कार्यलय, पत्रकार , समाजसेवी , समाजिक अभियन्तासंग समन्वय गरि अति बिपिन्न परिवारको पहिचान गरि राहत बाँड्ने गरेको उनी बताउछन् । उनि भन्छन्–‘अहिले त कति युवा साथिहरुले फेसबुकमा म्यासेज गरि यो स्थानमा यस्तो अवस्थाका ब्यक्ति छन् आईदिनु पर्यो भनेर जानकारी दिनु हुन्छ र हामी त्यस्ता स्थानमा पुग्ने पनि गर्छौ ।’
अहिलेसम्म उनले धरानका गणतन्त्रवस्ती, नयाँ सृजना वस्ती, बरुन टोल, अरुण टोल, लाङघाली टोल, सभागृह टोल, हाम्रो वस्ती, माथिल्लो पानवारा, नगरकोट वस्ती , माथिल्लो देउराली लगायतका सुकुम्बासी वस्तिहरुमा यो अभियान संचालन गरि सकेका छन् । उनको यो अभियान आफुले भ्याए र सकेसम्म निरन्तरता दिने योजना रहेको बताउछन् । उनी भन्छन्– जहाँ राहत पुग्दैन त्यो स्थानको लागि व्हाईट हाउसको निशुल्क खाद्यान्न वितरण अभियानको साथ हामी तयार छौ , धरान भरिका त्यस्तो क्षेत्र भए अति बिपिन्न परिवारको लिस्ट तयार गर्नुस र हामिलाई ९८१५३१५६३८ मा कल गरेर जानकारी गराउनुहोस् हामी तपाईंलाई साथ र सहयोग गर्न त्यही आउछौ ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved