धरान: अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटिले डेरा गरि बस्ने अध्ययन गर्ने विद्यार्थीको लागि खाद्यान्न तथा अत्यावश्यक सामाग्री सहयोग गर्ने भएको छ ।
लकडाउनका कारण महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्ने विद्यार्थीको दैनिक गुजारामा समस्या परेको भन्दै कमिटिले खाद्यान्न सहयोग गर्न लागेको अनेरास्ववियूका नेता सुजन खत्रीले जानकारी दिए ।
उनले भने, ‘कोरोना भाइरसको कारण गरिएको लकडाउनले गर्दा यस महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत डेरा गरि बस्ने विद्यार्थीहरुलाई ग्याँस, खाद्यान्न तथा साधारण औषधी लगायत अत्यावश्यक वस्तुहरु उपलब्ध गराउने बताए ।
खत्रीले भने अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीले डेरा गरि बसिरहेका विद्यार्थीहरुलाई सोही क्षेत्रको वडा कार्यालयसँग समन्वय गरी सहयोग गर्ने बताए ।
यि नम्बरमा फोन गर्दा तपाईलाई सहयोग गर्नेछ ।
सुजन खत्री ९८०७०९२०९७
शेखर रेग्मी ९८१९९२७३१३