इटहरीः भारतको दिल्ली निजामुद्दिनमा भएको “तबलिगी ए जमात“ कार्यक्रममा सहभागी भई फर्केका मध्ये ६ जना सुनसरी भोक्राहा नरसिह गाँउपालिकामा फेला परेका छन् ।
नेपाल मुस्लीम संघ प्रदेश एकका संयोजक हाजी इसराइल मन्सुरीका अनुसार भोक्राहा नरसिह गाँउपालिका घर भएका ६ जना सम्पर्कमा आएको जानकारी दिएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।
संयोजक मन्सुरीका अनुसार सप्तरीको बोदे बर्साइनमा रहेका क्वारेन्टाइनमा भोक्राहा नरसिह ८ का सुलेमान मियाँ, सलमान मियाँ, भोक्रहा नरसिह ५ का असलम मियाँ, मोहमद समिम मियाँ, र मोहमद हाफिज मियाँ भोक्रहा नरसिह ६ का इद्रीस मियाँ रहेका छन् ।
उनीहरुलाई सुरुमा ज्वरो आएकाले तत्कालै क्वारेन्टाइनमा राखिएकाले परिवार र स्थानियहरुको सम्पर्क हुन नपाएकाले सुनसरी भोक्राहा नरसिहका ६ जनाबाट अन्यलाई जोखिम नभएको हाजी इसराइल मन्सुरीले बताए ।
सुनसरीको कप्तानगञ्ज सिमानाकाबाट सोमबार राती नेपाल प्रवेश गरि इनरुवा बजार हुदै इनरुवा ४ स्थित रेडक्रस आधारभुत विद्यालय छेउको सुनसरी खोलामा रहेको झोलुङ्गे पुलबाट भोक्राहा तर्फ लागेका दुई दर्जनको खोजी कार्यलाई व्यापक बनाईएको मन्सुरीले बताए ।
उनीहरुको नाम पहिचान र ठेगाना नखुलेकाले सुनसरीमा रहेका सवै मस्जीदहरु मार्फत खोजी कार्य सुरु गरिएकाले फेला परेपछि तुरुन्त क्वारेन्टानमा राख्ने समेत मन्सुरीले बताए । भारत सरकारले भारतमा कोरोना भाइरस (कोभिड–१९) सक्रमण फैलिएको “तबलिगी( ए जमात“ धार्मिकसभा कार्यक्रममा सहभागी १९ जना नेपाली रहेको सुचना सार्वजनिक गरेको थियो ।
६ जनाको मृत्यु हुनुका साथै कोरोना फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको तथ्याङकमा रहेपनि सुनसरीमा सोमबार राती दर्जन बढी आएको सुचना सार्वजनिक भएको थियो ।