धरानः कोरोना भाइरसको संक्रमणको ल्याब परिक्षणमा २३ जनाको नेगेटिभ रिपोर्ट आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

यस अघि १९ जनाको स्वाब परिक्षणका लागि टेकु पठाइएको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।  प्रतिष्ठानमा कोरोनाको स्वाब परिक्षण गर्न थाले पछि आएका ४ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको हेल्प डेस्कमा बुधबार सम्ममा १ सय ६४ जनाले स्क्रिनिङ गराएका छन् ।

बुधबार दिउँसो सम्ममा १३ जनाले स्क्रिनिङ गराएको जनाएको छ । स्क्रिनिङ गरिएका मध्ये १४ जनालाई सरकारी क्वारेन्टाइनमा पठाइएको छ भने १ सय ४० जनालाई सेल्फ क्वारेन्टाइनका लागि पठाएको जनाएको छ । यता कोरोनाको संक्रमणमा १ जना नयाँ बिरामी सहित १ जना पुरानै बिरामी प्रतिष्ठानको आइसुलेसनमा राखिएको छ भने ९ जना डिस्चार्ज भइसकेको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले जनाकारी दिएका छन् ।