इटहरी: सुत्केरी ब्यथाले च्यापेर सडकमा रुदै भेटिएकी महिलालाई इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उद्धार गरी अस्पताल पुर्याएकी छिन् ।
बजार अनुगमन गर्न बजारमा निस्किएका बेला वडा नम्बर ४ स्थित पीपलचोकमा सफारीबाट बाटोमा झरी रुदैं गरेको देखेपछि उपमेयर गौतमले आफ्नै गाडीमा हालेर इटहरी अपस्ताल पुर्याएकी थिइन् ।
इटहरी वडा नम्बर ४ घर भएकी भिमकुमारी लिम्बुलाई इटहरीमा रहेको एपेक्स अस्पतालले लिन नमानेको भिमकुमारीका श्रीमान् अनिस भुजेलले बताए । त्यसपछि इटहरीमा रहेको नेपाल परिवार नियोजन संघ इटहरी पुर्याएको र सो अस्पताल पनि बन्द रहेपछि उनीहरुले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिदैं गरेको अबस्थामा पिपलचोक सडकमा सुत्केरी ब्यथाले छटपटाईरहेका बेला ति महिलाको उद्धार गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।
सुत्केरी महिलालाई इटहरी अस्पताल पुर्याएको केही समयमा बच्चा भएको र उनको अबस्था सामान्य रहेको छ ।