इटहरीः कोरोना रोगसम्बन्धी उपचारका लागि संघीय सरकारले प्रदेश नम्बर १ का तीन अस्पताल सहित देशैभरीका ८५ वटा अस्पतालहरु तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला सरकारी अस्पताल तथा निजी क्षेत्रका मेडिकल कलेजहरुलाई कोरोना उपचार गर्ने अस्पतालको नामावली सार्वजनिक गरेको छ । मन्न्त्रालयले २५ वटा अस्पताललाई हव अस्पताल तोकेको छ ।
प्रदेश नम्बर एकमा हब अस्पतालहरुमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,कोशी अञ्चल अस्पताल विराटनगर र मेची अञ्चल अस्पताल, भद्रपुर रहेका छन् । केन्द्र र प्रदेश स्तरका सबै अस्पताल र ६० वटा जिल्ला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सूचीमा काठमाडौंमा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल विषेश अस्पतालको रुपमा रहेका छन् । प्रदेश १ मा बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, मेची अञ्चल अस्पताल भद्रपुर र नोबेल मेडिकल कलेज विराटनगर र उदयपुर जिल्ला अस्पताल तोकिएका छन् ।
त्यसैगरि प्रदेश नम्बर २ मा हब अस्पतालका रुपमा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल जनकपुर, जनकपुर अञ्चल अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल तोकिएको छ । बागमती प्रदेशमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्री वीरेन्द्र अस्पताल, भरतपुर अस्पताल र धुलिखेल अस्पताल रहेका छन् ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अञ्चल अस्पताल रहेका छन् । प्रदेश ५मा भेरी प्रादेशिक अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल रहेका छन् । त्यसैगरि कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत हब अस्पतालका रुपमा रहेका छन् । सुदुरपश्चिम प्रदेशमा महाकाली अञ्चल अस्पताल र सेती अञ्चल अस्पताल रहेका छन् ।
बिभिन्न जिल्लाका अन्तर्गतको कुल ६० अस्पतालमा पनि कोरोना संक्रमितको उपचारको लागि व्यवस्था गरेको सरकारले जनाएको छ । प्रदेश १ मा ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, धनकुटा अस्पताल, भोजपुर अस्पताल, पाँचथर अस्पताल, इलाम अस्पताल, ओखलढुंगा अस्पताल, सोलुखुम्बु अस्पताल, खोटाङ अस्पताल, उदयपुर अस्पताल, झापा अस्पताल र सुनसरी अस्पताललाई कोरोना उपचारका रुपमा तोकेको छ । प्रदेश २ को सिरहा अस्पताल, जलेश्वर अस्पताल, सर्लाही अस्पताल, कलैया अस्पताल र रौतहट अस्पताल रहेका छन् ।
बागमती प्रदेशको सिन्धुपाल्चोक अस्पताल, काभ्रे अस्पताल, दोलखा अस्पताल, रामेछाप अस्पताल, सिन्धुली अस्पताल, हेटौडा प्रादेशिक अस्पताल, धादिङ अस्पताल, नवलपरासी अस्पताल, त्रिशुली अस्पताल र रसुवा अस्पताललाई पनि कोरोना उपचार अस्पतालका रुपमा सरकारले तोकेको छ । गण्डकी प्रदेशका बागलुङ अस्पताल, गोर्खा अस्पताल, लमजुङ अस्पताल, मनाङ अस्पताल, म्याग्दी अस्पताल, मुस्ताङ अस्पताल, नवलपुर अस्पताल, पर्वत अस्पताल, स्याङजा अस्पताल र तनहुँ अस्पताल रहेका छन् । प्रदेश ५ को कपिलवस्तु अस्पताल, नवोलपरासी अस्पताल, अर्घाखाँची अस्पताल, गुल्मी अस्पताल, पाल्पा अस्पताल, दाङ अस्पताल, प्युठान अस्पताल, रोल्पा अस्पताल र बर्दिया अस्पताल रहेका छन् ।
कर्णाली प्रदेशको दैलेख अस्पताल, डोल्पा अस्पताल, हुम्ला अस्पताल, जाजरकोट अस्पताल, कालिकोट अस्पताल, मुगु अस्पताल, रुकुम अस्पताल र सल्यान अस्पताल रहेका छन् । सुदुरपश्चिम प्रदेशको अछाम अस्पताल, बैतडी अस्पताल, बझाङ अस्पताल, बाजुरा अस्पताल, डडेल्धुरा अस्पताल, दार्चुला अस्पताल, डोटी अस्पताल र टिकापुर अस्पताल तोकिएको छ ।
यसैगरि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना रोग सम्बन्धि उपचार गर्ने मेडिकल कलेजको सुचीमा रहेका २० मेडिकल कलेजहरुमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिराट मेडीकल कलेज, चितवन मेडीकल कलेज,कलेज अफ मेडिकल साइन्सेस, चितवन, गण्डकी मेडीकल कलेज, पोखरा, जानकी मेडिकल कलेज,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज,किस्ट मेडिकल कलेज, केयु धुलिखेल अस्पताल, लुम्बिनी मेडीकल कलेज,मणिपाल मेडिकल कलेज, पोखरा,नेशनल मेडीकल कजेल, वीरगञ्ज, नेपालगञ्ज मेडीकल कलेज, नोबेल मेडीकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,त्रिवि शिक्षण अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्स रहेका छन् ।