इटहरी : विश्वभर फैलिएको कोरोना भाईरसका कारण लकडाउनको समयमा दैनिक ज्यालादारीको भरमा परिवार पाल्ने परिवारलाई इटहरी जेसिजले करिब ५१ हजार बराबरको राहत सामग्री बितरण गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा रहेका विपन्न परिवारलाई दाल, चामल, तेल, नुन लगायतका खाद्य सामग्री वितरण गरिएको इटहरी जेसिजका वर्ष २०२० का अध्यक्ष माधब भट्टराईले जानकारी दिए ।

“मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य हो” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खाद्यान्न वितरण गरिएको इटहरी जेसिजका सामुदायिक क्षेत्रका उपाध्यक्ष तथा उक्त राहत बितररणका संयोजक मिसन पराजुलीले बताए ।

सोही वडाका वडाध्यक्ष प्रकाश चौधरीलाई हस्तान्तरण गर्दै नेपाल सरकारको राहत वितरण नियमावली अन्तर्गत एकद्धार प्रणली लागू गर्दै प्रत्यक्ष पिडितलाई उक्त खाद्यान्न उपलब्ध गराई दिन आग्रह गरिएको इटहरी जेसिज अध्यक्ष भट्टराईले बताए ।

itahari jesis