इटहरीः लकडाउनमा नगर क्षेत्रका कुनै पनि नागरिक भोकै र उपचार बिहिन भएर बस्न नपरोस भन्ने उद्धेश्यले बेलबारी नगरकार्यपालिका विपद व्यवस्थापन कोष बनाएको छ । सो कोषमा नगरपालिकाका सबै जनप्रतिनिधिहरुको एक महिना , अधिकृत तहका कर्मचारीको १५ दिनको र अन्य कर्मचारीको हकमा १० दिनको  सेवा सुविधा कोषमा जम्ममा गर्ने निर्णय गरिएको छ । आज बसेको बैठकले सो निर्णय गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाका(तारा) पराजुलीले जनाकारी दिएकी छन् । नगरको यो निर्णयको नगरवासी लगायत सबैले स्वागत गरेका छन् ।

91048320_3054783321210057_5670381846140026880_n
नगरवासीलाई नगरपालिका र जनप्रतिनिधि अभिभावक हुन् भन्ने महशुस गराउन र महामारी भोकमरीमा परिणत नहोस् भनेर यस प्रकारको निर्णय गरिएको उपमेयर पराजुलीले बताइन् । बेलबारीमा ६० जना जनप्रतिनिधिहरु रहेका छन् । नगरपालिकाले यस अघिनै बिपद ब्यबस्थापन कोषमा १५ लाख जम्मा गरीसकेको छ । एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११मा राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्याबसायि,वित्तिय संघसंस्थाहरु ,समुह तथा ब्याक्तिहरुलाई सहयोग गरीदिन समेत नगर कार्यपालिकाको वैठकले आग्रह गरेको छ ।