इटहरीः लकडाउनमा घर खोलामा निस्केर माछा मार्ने क्रममा पानीमा डुबेर बिहिबार दुई युवाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार उदयपुरको बेलका नगरपालिका ८ माझीगाउँका ३८ बर्षीय दिल प्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी बिहिबार दिउँसो ३ बजे पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका ६ ऐलानपुरका ४० बर्षीय ठेगिया उरावको ऐलान खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहिबार दिउँसो २ बजे माछा मार्न गएका उराव ४ बजे पानीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिई आवश्यक अनुसन्धान थालेको छ ।