इटहरीः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस( कोभिड १९) को संक्रमणका कारण विश्वभरी ४९ हजार १ सय ६३ जनाको मृत्यु भईसकेको छ । सबैभन्दा बढी इटालीका जनताको मृत्यु भएको छ । पछिल्लो अपडेट तथ्यांक अनुसार कोभिड १९ को संक्रमणबाट इटालीमा १३ हजार १ सय ५५ जनाको मृत्यु भएको छ । इटलीमा दैनिक मृत्यु हुने संख्या धेरै नै कम हुदै गएको छ । स्पेनमा हालसम्ममा १० हजार ३ जनाको मृत्यु भएको छ । स्पेनमा आजमात्रै ६ सय १६ जनाको मृत्यु भएको छ । अमेरिकामा ५ हजार १ सय १३ जनाको मृत्यु भएको छ । अमेरिकामा आज थप ११ जनाको मृत्यु भएको छ । फ्रान्स ४ हजार ३२ जनाको मृत्यु भएको छ । इरान ३ हजार १ सय ६० जनाको मृत्यु भएको छ । युकेमा २ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । विश्वभरी संक्रमितको संख्या ९ लाख ६१ हजार ३ सय ४३ जना पुगेका छन् । जसमा सबैभन्दा बढी अमेरिकन छन् । अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार ३ सय ५७ रहेको छ । इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ छ । स्पेन १ लाख १० हजार २ सय ३८ रहेको छ । विश्वभरी २ लाख ३ हजार १सय ७६ जनाको सफल उपचार भएको छ ।