इटहरीः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस( कोभिड १९) को संक्रमणका कारण विश्वभरी ५० हजार बढीको मृत्यु भएको छ । केही बेर अघिको पछिल्लो रेकर्ड अनुसार ५० हजार ३ सय  जनाको मृत्यु भईसकेको छ । सबैभन्दा बढी इटालीका जनताको मृत्यु भएको छ । पछिल्लो अपडेट तथ्यांक अनुसार कोभिड १९ को संक्रमणबाट इटालीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । इटलीमा दैनिक आज मात्र मृत्यु हुने संख्या ७ सय ६० हो । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने नागरिकको संख्या प्रतिदिन बढीरहेको छ ।

92233564_207258777229795_580272995340124160_n
स्पेनमा हालसम्ममा १० हजार ३ जनाको मृत्यु भएको छ । स्पेनमा आजमात्रै ६ सय १६ जनाको मृत्यु भएको छ । अमेरिकामा ५ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ । अमेरिकामा आज थप २ सय ४३ जनाको मृत्यु भएको छ । फ्रान्स ४ हजार ३२ जनाको मृत्यु भएको छ । इरान ३ हजार १ सय ६० जनाको मृत्यु भएको छ । युकेमा २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । युकेमा पनि नागरिकको मृत्यु दर बढीरहेको छ । आज मात्रै युकेमा कोरोना भाइरसको संक्रमणका कारण ५ सय ६९ जनाले ज्यान गुमाएका छन् । विश्वभरी संक्रमितको संख्या ९ लाख ८२ हजार २ सय ७ जना पुगेका छन् । जसमा सबैभन्दा बढी अमेरिकन छन् । अमेरिकामा संक्रमितको संख्या २ लाख २७ हजार ६१ जना रहेको छ । इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ छ । स्पेन १ लाख १५ हजार २ सय ४२ जना रहेको छ । विश्वभरी २ लाख ६ हजार २ सय ७२ जनाको सफल उपचार भएको छ ।