इटहरीः सुनसरी २ उपमहानगरले कोरोना रोकथाम नियन्त्रण उपचार तथा राहत कोष स्थापना गरेका छन् । इटहरी उपमहानगर र धरान उपमहानगरले कोषको स्थापना गरेका हुन् । स्थापित कोषमा रकम समेत जम्मा हुन सुरु भएको छ । बिहिबार बसेको सर्वदलिय बैंठकबाट इटहरी उपमहानगरले ८० लाखको कोष स्थापना गरेको हो ।
नेपाल बैक इटहरीमा रहेको खाता नम्बर ०५९०३००००००००५००४०० मा ८० लाखको कोष निर्माण गर्दै सहयोगका लागि आग्रह समेत गरेको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले जनाकारी दिइन् । उनका अनुसार बैंठकै दिन श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फबाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गरेका छन् । नेपाली काँग्रेस इटहरीको तर्फबाट पाँच हजार केजी चामल राहत वितरणका लागि इटहरी उपमहानगरलाई उपलब्ध गराएको छ ।
धरान उपमहानगरको विहिबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले पनि कोष स्थापना गर्ने निर्णय गरेको छ । कोषमा नगरपालिकाको आकस्मिक कोषबाट २५ लाख राख्ने निर्णय गरेको सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए । कोष स्थापना भएको दिननै सो कोषमा साढे २९ लाख रुपैंया राहत जम्मा भएको खतिवडाले जनाए ।
उनका अनुसार सो कोषमा धरान ३ का श्याम सोनीले १ लाख, धरान १० का डा. हरी शर्माले १५ हजार, धरान १ का मदनमान अमात्यले १० हजार १ रुपैया, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २५ हजार, घण्टाघर व्यावस्थापन समितिले ३ लाख रुपैया गरी जम्मा ४ लाख ५० हजार १ रुपैया गरी कुल साढे २९ लाख १ रुपैया कोषमा रकम जम्मा भएको छ ।