काँकरभिट्टाः कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदुर पारिवारलाई चाडो राहत पुगोस भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले (आज) शुक्रवार जिससको सभाहलमा उपस्थित भएर एक लाख रकमको चेक जिसस प्रमुख सोमनाथ पोर्तेललाई हस्तान्तरण गरेका हुन् । नेकपा झापाले यस अघिनै विज्ञप्ति मार्फत सहयोगको घोषणा गरेको र सोहि अनुसार हस्तारन्तरण कार्यव्रmम सम्पन्न भएको प्रचार विभाग उपप्रमुख सन्तोष आचर्याले बताएका छन् ।
कोरोनाबाट उत्पन्न परिस्थिति र लक डाउनका कारण जनजीवन दैनन्दिन कष्टकर भन्दै गइरहेको बेला पार्टीका तर्फबाट विषम परिस्थिति सामना गर्न सहयोग गरिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए । यस्तो अवस्थामा खाद्यन्न अभाव हुन नदिन र उपचारमा सहयोग पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति झापाले यसअघि स्थापना गरेको ५० लाख रुपैयाँको कोषमा सहयोग रकम जम्मा हुने र एकद्वार नीति अन्तरगत वितरण हुने पार्टी जिल्ला सचिब विजयकुमार साङपाङले बताए ।
झापा जिल्ला भारतसँग्को खुल्ला सीमाका कारण उच्च जोखिममा पर्न सक्ने भन्दै सबैलाई सचेत र संयम हुन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । संव्रmमणको जोखिम कमगर्न यतिबेला देश पूर्ण लक डाउनमा रहेको उल्लेख गर्दै सहयोग घोषणा गर्न जारी गरिएको विज्ञप्तीमा भनिएको छ–“यस्तो बेला दैनिक ज्यालादारी गरीखाने वर्गले खाद्यान्न संकट व्यहोर्नु पर्ने स्थिति छ ।” यस्तो परिस्थितिमा सबैले संयम हुनु पर्ने र खाद्यान्न संकट व्यहोरी रहेका वर्गलाई सरकारको तर्फबाट चाडो राहत उपलब्ध गराउनु पर्ने भन्दै विज्ञप्ती मार्फत नेकपा झापाले माग गरेको छ ।
यस्तो विसम परिस्थितिमा पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई, सहयोगी, शुभेक्क्षुक सबैले संकटको सामाना गर्न स्वयमसेवीका रुपमा कार्य गर्नु पर्ने भएकाले सचेतनापूर्वक लाग्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।