इटहरीः सरकारले लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गरेकै भोलिपल्ट अर्थात सुक्रबार कास्कीको पोखरामा एक जना कोरोना संक्रमित भेटिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएिको कोरोना संक्रमण स्वाब परिक्षणमा एक जनाको रिर्पोट पोजेटिभ आएको हो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ पुगेको छ । यो सहित नेपाल कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।
सातौं संक्रमित ती व्यक्ति भारतबाट आएको खुलेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही समयअघि मात्रै संचालनमा आएको कोभिड १९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेश सरकारका एक अधिकारीका अनुसार पोखराको ल्याब पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि काठमाण्डौंको टेकु पठाइएको छ । हिजो मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो । उनलाई डाक्टर आफैले गाडीमा हालेर अस्पताल ल्याएका छन् । उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्।
उनी कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएकी थिइन्। कतारको एउटै उडानबाट नेपाल आएका तीनजनालाई कोरोना देखिइसकेको छ। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं अवतरण भएकी उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार हुँदैछ। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। दुबईबाट धादिङ आएका ३२ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। लकडाउन चैत्र २५ सम्मलाई गरिएको छ । संक्रमितको संख्या प्रतिदिन बढेकाले लकडाउनको समायअवधि बढ्ने अनुमान सुरु भएको छ ।