इटहरीः जन्मपछि निधन निश्चित छ । ज्यादै कम व्यक्तिहरुको मृत्युमा नसोचिएका संयोग हुने गरेका छन् । ब्लड क्यान्सर भएर झापाको विर्तामोडमा रहेको बिएन्सी अस्पातलमा उपचार गराईका पाँचथरका एक वडा अध्यक्ष मृत्यु त्यस्तो संयोग परेको छ ।
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष युना नेता लीलाराज तुम्बापो निधन घरमा छोरी जन्मिएकै दिन भएको छ । निधनमा यस्तो खालको संयोग ज्यादै कम हुने गरेको छ । ३५ बर्षीय तुम्बापोको बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो । उनको निधन हुनु केहीघण्टा घरमा कान्छी छोरीको जन्म भएको थियो । वडाध्यक्ष बाबुको निधन भएकै दिन उनकी श्रीमतीले दोश्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन्। शुक्रबार बिहान ३ बजेको समयमाा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिइन् ।
बिहीबार गम्भिर बिरामी भएका उनलाई फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएको थियो । तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत विर्तामोडको बीएण्डसी अस्पताल ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचारका क्रममा तुम्बापोको निधन भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । अस्पतालका अनुसार तुम्बापोको रक्त क्यान्सरबाट निधन भएको हो ।
उनलाई शुक्रबार दिउँसो साढे दुई बजे अस्पतालले मृत घोषणा गरेको हो । तुम्बापोको शव घर तर्फ लैजादै गरेको बीएण्डसी अस्पतालमै रहेका सुमन तुम्बापोले बताए। राष्ट्रिय युवा संघ पाँचथरका सह–संयोजकसमेत रहेका तुम्बापो जिल्लामा जुझारु र शालीन युवा नेताका रुपमा परिचित थिए । उनी गत स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट फिदिम–५, को वडा अध्यक्षमा निर्बा्चित भएका थिए।