धरानः धरान उपमहानगरले स्थापना गरेको फुड बैंकमा नेपाली कांग्रेस धरान नगर समितिले २ हजार केजी चामल जम्मा गरेको छ । धरान उपमहानगरपालीकाले कोरोना भाइरस संक्रमणबाट बच्न लकडाउन लगाएको समयमा जनताको समस्यालाई मध्यनजर गर्दै राहत वितरणमा एकरुपाता ल्याउनका लागी बंैकको स्थापना गरेको थियो ।
फुड बैंकमा नेपाली कांग्रेस स्थानिय नेता तथा कार्यकर्ताहरुवाट सो चामल सहयोग गरेको हो । कोरोना भाइरसको नियन्त्रणका लागी सरकारले लकडाउन लगाएको समयमा खाद्यान्न अभाव नहोस भन्ने हेतुले चामल जम्मा गरिएको नेपाली कांग्रेसका नगर सचिव युवराज शंकरले वताएका छन । उनले यो विषम परिस्थितिमा सम्पुर्ण संघसंस्थाहरुलाई सहयोग गर्न अपिल गरेका छन् । संकलित राहत वितरणका लागी सर्वपक्षिय संयन्त्र वनाएर वितरण गरिने धरान नगर प्रमुख तिलक राईले वताएका छन । राहत वितरणका लागी तयारी तथा प्याकिङको कार्य धरान ८ सभागृहमा थालिएको वताएको मेयर राईले बताए । नगर प्रमुख राइले अहिले सम्म धरानमा कोरोनाको संक्रमण रोकथामका सुरक्षित रहन पनि नगरवासीलाई आग्रह गरेका छन ।