इटहरीः दशकौदेखि सिनेक्षेत्रमा क्रियाशिल बहुप्रतिभाका धनी इटहरी निवासी शिरकुमार साम्पाङ राईले पूर्वेली भाकाको सोइ ढोले सोइ ...बोल गीत आफ्नो यूटुब च्यानल मार्फत दर्शक मार्फत लिएर आएका छन् ।
शिरकुमारले पुनः १० बर्षको अन्तराल पछि सो गीत दर्शक सामु ल्याएका हुन् । सो गीतमा देबिन बाबू राईको शब्द तथा लयसंकलन रहेको छ । ग्लोरी मिडियामा रेकर्ड गरिएको यो गीतलाइ सुरज श्रेष्ठले एरेन्ज गरेका हुन् ।
सो गीतमा कुन्दन राईले अडियो मास्टरीङ गरेका छन् । २०५८ सालमा ‘टाढा टाढा जानेलाई’ ,२०६० सालमा ‘जागृती’ र २०६७ सालमा ‘झझल्को’ एल्बम उनले बजारमा ल्याईसकेका छन् ।
अन्य गीतमा स्वर दिन सक्षम गायकले ‘हामी हौं नेपाली’ राष्ट्रिय गीत पनि श्रोता माझ ल्याएका छन् । उनले अन्य दर्जनौं गीतमा समेत स्वर दिइसकेका छन् । चलचित्र छायांकन देखि म्यूजिक भिडियो निर्माण, निर्देशन र सम्पादनको काममा पनि उत्तिकै निपुर्ण शिरकुमारले अझै आधा दर्जन गीतहरु रेकर्डिङको तयारी गरिरहेका छन् । दर्शक तथा श्रोताबाट माया पाईरहे संगीतको क्षेत्रमा आफु निरन्तर लागि रहने उनको भनाई छ । स्तरीय भिडियो उत्पादन, चलचित्र निर्माणका लागि उनले प्रदेश नम्बर १ को इटहरीमा व्यवस्थित स्टुडियो संचालनमा ल्याएका छन् । रेडबाट फोरके क्यामेरादेखि ड्रोन क्यामेरा लगायत छायांकनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री उनकोमा उपलब्ध छ ।
उनको स्टुडियो संचालनसंगै स्तरीय छायांकन र भिडियो निर्माणका लागि अब काठमाण्डौं नै धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । उनले राजेश पायल राई, मेलिना राई लगायत चर्चित गायक गायिकाहरुको स्वरमा सजिएका दर्जनौ गीतहरु छायांकन, सम्पादन र निर्देशनको कार्य सफलता पूर्वक निर्वाह गरिसेका छन् । उनले गरेको कार्य दर्शक श्रोताले राम्रो संग रुचाइरहेका छन् ।
उनले १० बर्षपछि आफ्नो गीत सार्वजनिक गर्दै विश्वभरी महामारीबाट सरकारले जारी गरेको लकडाउनमा घर बाहिर ननिस्कन आग्रह गर्दै आफ्नो गीत हेरिदिन र आफ्नो च्यानल सस्क्राइभ गरिदिन आग्रहपनि गरेका छन् ।