इटहरीः नेपालमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या ९ पुगेको छ । सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएको मन्त्रालयले जनाएको छ । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।
नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । संक्रमित तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ ।