भोजपुर: यतिबेला कोरोना भाईरसका कारण बिगत लामो समय देखि नेपाल लगायत विश्वका अधिकाशं देश लकडाउनको अबस्थामा गुज्रिरहेका छन् । चीनको वुहानबाट सुरु भएको यो भाईरस कहाँ गएर ट्ङ्गिन्छ ? कहिले टुङ्गिन्छ? र के कारणले टुङ्गिन्छ भन्न कुनै देशका अधिकारीलाई पनि जानकारी छैन ।
विश्वका धेरै देशका नागरिकले अकालमा यहि भाईरसका कारणले लामो समय देखि दिनहुँ हजारौको सङख्यामा ज्यान गुमाई रहेको अबस्था छ । यसै भाईरसका कारण नेपाल पनि अहिले लकडाउनको अबस्थामा रहेको छ । नेपाल छिर्ने विभिन्न नाका बन्ट छन् । देश भित्रपनि यातायात देखि साना ठुला कलकारखाना बन्द छन् ।
तथापी पनि यसको अलवा भाईरस भित्रिन नदिन संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले आफ्नो आफ्नो क्षेत्रबाट गर्ने सहयोग,सुरक्षाका उपाय लगायत गरिरहेका छन् । यस कोरोना भाईरसको अन्त्य तथा सुरक्षाका उपाय अपनाउन भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिकाले पनि विभिन्न सुरक्षाका उपायहरु अपनाएको छ ।
गाउँपालिका भित्र रहेका ८ ओटा वडामा प्रत्येक स्वास्थ्य चौकीमा ५ वटाका दरले क्वारेन्टाइन बेड निमार्ण गरिएको छ भने गाउँपालिकाको केन्द्र बैकुन्ठेमा १५ बेड भएको ब्वारेन्टाइन बेड निमार्ण गरिएको गाउँपालिका अध्यक्ष विजय राईले बताए ।
प्रत्येक स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकमीहरुलार्ई तयारी अबस्थामा राखिएको छ । तत्काल एक सेटका दरले पीपीई (पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट) वितरण गरिएको र अबको केही समयमा थप गर्ने अध्यक्ष राईको भनाई छ । गाउँपाािलका भित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु बन्द रहेका छन् । गाउँपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितीले आफ्ना कामकारबाही तिब्र गतिमा अगाडी बढाईरहेको छ।
गाउँपालिकाको प्रायोजन र प्रहरी चौकी बैकुण्ठेको सहयोगमा गाउँपालिकाका ८ वटै वडाहरुमा माईकिङ मार्फत स्थानीयबासीलाई घरमै बसी कोरोना संक्रमण रोकथामका उपायहरु अवलम्वन गर्न अनुरोध गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत जङ्गम राईले बताए ।
दैनिक ज्यालादारीमा काम गरी बिहान बेलुका छाक टार्ने मजदुरहरुको तथ्याङ्क संकलन समेत भईरहेकोअध्यक्ष राईले बताए।
कोरोना सम्बन्धी जानकारी गराउँदै अध्यक्ष राईले भने, हाम्रो गाउँपालिका भित्र एक जना ब्यक्ति विदेशबाट आएको थाहा पाइयो । उनी एक गते नेपाल आएका रहेछन् ८ गते घर आएको थाहा पाउनासाथ ४ नम्बर वडाको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको छ, अहिले सम्म कुनै समस्या आएको छैन र अबको केही दिनका उनलाई घर पठाउने योजना रहेको बताए ।
उनले स्थानीयलाई सम्यमित भई घरमा बस्न समेत आग्रह गरेका छन् ।