धनकुटाः लकडाउनमा धनकुटाका स्थानिय युवाले दैनिक उपभोग्य सामाग्री सहित तरकारी तथा दुग्ध उपभोक्ताको घर घरमै पुर्याउने ब्यबस्था मिलाएका छन् ।
धनकुटा नगरपालिका वडा नम्बर एक हिले बजारमा स्थानिय युवाले घर घरमै सामान पुर्याउने ब्यबस्था मिलाएका हुन् । बजार पसलमा हुने भिडभाडलाइ मध्यनजर गदै भिडभाड कम गराउन सहयोग गर्ने उदेश्यले स्थानिय सृजनसिल सांस्कृतिक समह मार्फत दैनिक आबश्यक सामाग्री उपभोक्ताको घर घरमै पुगेर बितरण गर्न सुरु गरेको हो । समुहले बिहान र दिउसो दुइ समय दैनिक चार घण्टा दुग्ध र तरकारी बितरण गर्ने गरेको छ । त्यस्तै फोन गरेर अन्य दैनिक उपभोग्य सामाग्री मगाए बजार मुल्यमै अतरीक्त सुल्क नलिइ तत्काल उपलब्ध गराउने ब्यबस्था मिलाएको समुहका अध्यक्ष भुपेन थिङ्गले जानकारी दिए ।
केहि दिन अघि प्रहरी चौकी हिलेमा भिड नियन्त्रण गर्न भएको छलफलमा सृजनसिल सांस्कृतिक समह मार्फत दैनिक आबश्यक सामाग्री उपभोक्ताको घर घरमै पुगेर बितरण गर्ने प्रस्ताब अघि सारेको थियो । सोहि अनुरुप समुहले कार्य अघि बढाएको हो । यसरी बितरण सुरु गरेपछि दैनिक उपभोग्य सामाग्री, तरकारी तथा बिहान दुग्ध खरिद गर्ने समयको भिडभाडमा कमि भएको स्थानिय गौरब कार्किले जानकारी दिए । यो कार्यको लागि स्थानिय गुराँसे टिस्टेट प्राली र जुनु चियाबारी कम्पनीले दुइ बटा सबारीसाधन उपलब्ध गराएका छन् ।