इटहरीः राष्ट्रिय मानवअधिकार आयोगले गत मंगलवार अस्पताल कुदाउदा कुदाउँदै एक बिरामीको ज्यान गएको घटनाप्रति चासो राखेको छ । आयोगले विराटनगरका निजी अस्पतालहरुले कोरोनाको त्रासमा विरामीहरुलाई समयमा उपचार नगर्दा ज्यान भएको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाउदै घटनाप्रति चासो राखेको हो ।
आयोगका सचिव तथा प्रवक्ता बेद भट्टराईले आज एक प्रेश व्यक्त जारी गर्दै विराटनगरका न्यूरो अस्पताल, विराट नर्सिंग होम र नोबेलले समयमा विरामीको उपचार नगर्दा एक महिलाको ज्यान गएको घटनालाई आयोगले गम्भिर रुपमा लिएको उल्लेख गरिएको छ ।
कोरोनाको लक्ष्यण देखिएको भन्दै विराटनगरमा केही निजी अस्पतालले भर्ना लिन नमान्दा धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएको भन्दै अस्वीकार गरेपछि समयमा उपचार नपाएर उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेको थियो । वीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरिदिएको थियो । त्यसबेला नरदेवीलाई १०२ डिग्री ज्वरो आएको थियो ।
एम्बुलेन्समा हालेर न्युरो अस्पताल लगिएपनि त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको नरमायाकी छोरी लक्ष्मी गुरुङ राईले बताइन् । न्यूरोले आमालाई उपचार गर्न इन्कार गरेपछि तत्कालै सोही एम्बुलेन्स फर्काएर विराट नर्सिङ होम लगिएपनि ज्वरो धेरै रहेको भन्दै भर्ना लिन नमानेको राईले बताइन् । सो अस्पतालले पनि भर्ना लिन अस्वीकार गरेपछि आमालाई नोबेल हस्पिटल लगेर भर्ना गराएको उनले जनाइन् । नरदेवीको नोबेलमा उपचारका क्रममा मंगलबार करिब साढे ३ बजे दिउँसो ज्यान गएको थियो ।
बिराटनगरकै नोबेलले पनि पथरीकी एक ६५ बर्षीया बृद्धालाई पनि खोकेको भरमा कोरोनाको आशंका गरि उपचार नै नगरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर रहेको थियो ।
आयोगले काठमाण्डौंका समिट,सिभिल र नर्भिक अस्पतालले पनि ओपिडी बन्द गराई विरामीलाई त्यसै फर्काएको प्रतिपनि गम्भिर ध्यानकर्षण भएको जनाएको छ । आयोगले कोरोना १९ संगै अन्य विरामीको नियमित उपचार व्यवस्था मिलाउन आयोगले सरकार र स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरेको छ । आयोगले मानिसको स्वास्थ्य सेवा सहजै पाउने अधिकारको ग्यारेण्टी गर्न पनि माग गरिएको छ । आयोगले देशका सबै अस्पतालहरुमा कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्री पिपिई लगायतको व्यवस्थ ागर्न पनि माग गरेको छ ।