इटहरीः इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेकपा सुनसरी जिल्ला सदस्य युवा नेता मदन चुडालले ५० हजार जम्मा गरेका छन्् ।
चुडालले आफ्नो कम्पनी रिलाएवल फुड एन्ड बेभेरेज प्रालिका तर्फबाट ५० हजारको चेंक उपमहानगरलाई हस्तान्तरण गरेका हुन् ।
चेंक हस्तान्तरणपछि बोल्दै युवा नेता चुडालले कोरोना भाइरस कोभिड १९ ले गर्दा देश लकडाउन भएको यस विपतको घडीमा सबै एक ठाउँमा उभिनु पर्ने बताए । उनले इटहरी आसपास रहेका स्थानीय व्यवसायी, उद्योगी र समाजसेवामा लाग्नेहरुलाई एक जुट भएर इटहरी उपमहानगरले स्थापना गरेको कोषमा आवश्यक सहयोग गरी विपतको घडीलाई अन्त्य गर्न आग्रह गरे ।
कोरोना भाइरसबाट बच्नका लागि सरकारले घोषणा गरेको लकडाउनलाई घर भित्रै बसेर पूर्ण पालना गर्न उनले आग्रह गर्दै दैनिक ज्याला मजदुरी गरी जीविपोपार्जन गर्नेहरुका लागि आफु जस्ता युवा र इटहरी सरकार साथमा रहेको बताएका छन् ।