इटहरीः हाल वेलायतमा रहेका नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको आर्थिक सहयोगमा इटहरी ३ खोर्साने खापकामा बसोबास गर्ने अति विपन्न २८ घर परिवारलाई सोमबार राहत स्वरुप खाद्यन्नका सामाग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेस इटहरी नगर समितिका सदस्य युवा समाजिक अभियान्ता दिब्यराज गुरुङ नेतृत्वको टोलीले राहत वितरण गरेको हो । गुरुङका अनुसार इटहरी ३ खोर्साने खापको प्रगति टोल बिकास संस्था अन्तरगत २८ घर परिवारलाई एक सातालाई पुग्ने चामल र दाल वितरण गरिएको छ । लकडाउनका कारण वेलायतमै रोकिएका तरुण दलका सभापति गुरुङले थप घर परिवारलाई राहत दिनका लागि आफु तयार रहेको जानकारी आफुलाई दिएको दिब्यराजले बताए ।