धनकुटाः राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाको लागि हेलिकप्टर चार्टर गरेर स्वास्थ्य सामाग्री पठाएका छन् ।
लकडाउनले यातायातका सम्पुर्ण सबारीसाधन बन्द भएपछि गृह जिल्लाको लागि हेलिकप्टर चार्टर गरेर आठलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पठाएका हुन् ।
जिल्लामा स्वास्थ्य सामाग्री अभाव भइरहेको अबस्थामा सूर्य बहादुर थापा प्रतिष्ठान मार्फत जिल्ला भरका स्वास्थ्यकर्मीका लागि पिपिइ किट, एम्बुलेन्स चालक र सहायका लागि पिपिइ किटका अलावा मास्क, स्यानीटाइजर, पञ्जा, ह्याण्ड बास पठाएका हुन् ।
जसमा पीपीइ किट ७४ सेट, एम्बुलेन्स चालक सहयोगी किट २२ सेट, पञ्जा २२ बाकस, स्यानिटाइजर ३० बोतल, डेटोल हेण्डवास ७२ बोतल, डेटोल साबुन ७२ थान, मास्क २००० थान रहेका छन् । ती सामाग्रीहरु धनकुटाका ११ अस्पताल र स्वास्थ्यचौकीका लागि पठाइएको जनाइएको छ । जिल्लामा कुनै पनि स्वजास्थ्य सामाग्री अभाब हुन नदिन अत्याबस्यक सामाग्री पठाएको थापाले बताए ।