इटहरीः नेकपाकी केन्द्रिय सदस्य एव्म पुर्व कृषी राज्यमन्त्री सांसद रामकुमारी चौधरीले सुनसरीका एक उपमहानगर र एक नगरपालिकालाई राहत प्रदान गर्ने घोषणा गरेकी छन् ।
उनले ईटहरी उपमहानगरपालीकाले स्थापना गरेको विपद व्यवस्थापन राहत कोषलाई १ लाख नगद र रामधुनी नगरपालिकालाई २ हजार ५ सय केजी चामल दिने घोषणा गरेकी हुन् ।
राजनीतिक तथा सामाजीक कार्यहरुमा सक्रिय सहभागीता जनाउदै आइरहेकी नेतृ चौधरीले बिपन्न परिवारहरुलाई आफ््नो सानो सहयोगले राहत पुग्ने विश्वासले सो घोषणा गरेको बताइन् । यो संकटको घडीमा हुनेले नहुनेलाई ,एक छिमेकीले अर्को छिमेकीलाई जे हुन्छन तेही सहयोग गर्दा लकडाउन पुर्ण रुपमा लागू गर्न र पालना गर्न सकिने उनको भनाई छ ।
अबको दुई हप्ता निकै नै कठीन र जटील हुने उनले बताइन् । नेपालमा कोभिड १९ दोस्रो चरणमा प्रवेश भएसंगै स्थिति धेरै नै भयावह हुन सक्ने भएकोले लकडाउन पुर्ण रुपले पालना गर्न सांसद चौधरीले सबैलाई आग्रह गरिन् । कोभिड १९ का कारण विश्वभरी महामारी फैलीरहेको र नेपालमा पनि नौ जनामा कोभिड १९ देखिएको छ । दुई सातादेखि नेपाल लकडाउनबाट गुज्रिदा निम्न तथा मजदुरहरुमा अति आवश्यक खाद्यान्न पुर्याउन तीनै तहका सरकारहरुले पहल गरीरहेको छ । तिनै तहका सरकारले राहत कोष खडा गरि राहत जुटाई रहेको छ । विभिन्न व्यवसायी,उधोगपती ,सामाजीक अभियन्ता ,राजनीतिक दलका नेता,पत्रकारहरुले आर्थिक तथा खाद्यान्न सामाग्री सगयो गर्दै आइरहेको छ ।