इटहरीः वीपी प्रतिष्ठान धरानले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण परिक्षका लागि संकलन गरेको ४१ जनाको स्वाब परिक्षण गर्दा २६ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरका अनुसार सिधै वीपी आएका र प्रदेश एकका बिभिन्न जिल्ला अस्पतालहरुको सम्पर्कबाट आएका कुल ४१ जना मध्ये २६ जनाको रिर्पोट आएको हो । बाँकी १५ जनाको रिर्पोट आउन बाँकी छ । प्रतिष्ठानले कोरोना परिक्षणका लागि ल्याब संचालन गरेयता जम्मा ८३ जनाको स्वाब संकलन भएकोमा ६५ जनाको रिर्पोट नेगेटिभ आएको छ । बाँकी १८ को नतिजा आएको छैन् । डा.ऐरका अनुसार अहिलेसम्म प्रतिष्ठानमा जाँच गर्न आउनेको संख्या २ सय ३७ हो भने १५ जना क्वारेन्टाइनमा छन् । होम क्वारेन्टाइनमा बस्नेको संख्या २ सय १० रहेको उनले बताए ।