इटहरीः कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण विद्यार्थीहरुको पठनपाठनमा असर नपार्ने उद्धेश्यले प्रिमियर होटल स्कुलले ११ दिनअघिबाट अनलाइन मार्फत आफ्ना विद्यार्थीहरुलाई अध्यापन गराईरहेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै स्कुलले ११ दिनदेखि दैनिक रुपमा विद्यार्थीहरुलाई अध्यापन गराईरहेको स्कुलका सिइओ सुनिल भुषालले जानकारी दिए । 

उनका अनुसार स्कुलले दैनिक रुपमा विद्यार्थीहरुलाई अनलाइन मार्फ २ घण्टाको कक्षा संचालन गरिरहेको छ । लकडाउनको समयमा विद्यार्थीहरु त्यसै नबसुन र यो बेला होटल म्यानेजमेन्टका विज्ञहरुलाई समेत सहभागी गराएर विद्यार्थीहरुलाई अतिरिक्त जानकारी दिने काम भईरहेको भुषालले जनाए । प्रत्येक दिन २ घण्टा संचालन हुने अनलाइन कक्षामा स्कुलका नियमित अध्यापन गराउने शिक्षक बाहेक बाहिरका विज्ञहरु समेत सहभागी हुदै आएको उनले जनाए ।

91697325_2414460015512480_4856301207846649856_n

अनलाइनले धेरै स्थानका विज्ञहरु र विद्यार्थीहरुलाई एकै स्थानमा ल्याएर सहज तरिकाले अध्यापन गराउन पाइएको उनले बताए । यस्ता कक्षाहरु ज्यादै प्रभावकारी हुने आफुले पाएको भुषालले बताए । अबमा दिनमा स्कुल विदा भएको समयमा देश विदेशका विज्ञहरुलाई अनलाइन मार्फत विद्यार्थी मार्फत प्रस्तुत गर्ने योजना स्कुलले लिएको भुषालले जनाए ।

92176535_3162646540433948_1960991477903392768_n
स्कुलले ११ दिनमा होटल म्यानेजमेन्ट र पर्यटनको बिषयमा देश विदेशमा विज्ञका रुपमा आफुलाई स्थापीत गराईसकेका विज्ञहरु रुपेश श्रेष्ठ, कुमार चालिसे र सुर्दशन पौडेलले अनलाइनमार्फत अध्यापन गराईसकेको प्रिमियरका सिइओ भुषालले बताएः । अनलाइन कक्षाको व्यवस्थापन प्रिमियर स्कुलकी व्यवस्थापन सन्ध्या श्रेष्ठले गरेकी हुन् । अनलाइन कक्षा निकै प्रभावकारी हुनुका साथै सिकाई भएको विद्यार्थीहरु भनाई छ । आउने दिनमा यस्ता कक्षाहरु संचालन हुनु पर्ने माग विद्यार्थीहरुको रहेको छ ।

 

91918775_2806975196061110_8204276593590272_n 92128455_2638942116388109_358270331992932352_n