इटहरीः बेलबारी नगरपालिकाले आफ्ना ११ वटै वडामा विपन्न तथा श्रमिक परिवारलाई राहत वितरण गरिसकेको जनाएको छ । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी(तारा) पराजुलीका अनुसार आजसम्ममा ३ हजार ९ सय ४८ घर परिवारलाई राहत वितरण गरिएको हो । ती परिवारलाई आवश्यक खाद्यन्नका सामाग्री प्रदान गरिएको हो । पहिलो चरणको राहत वितरण क्रममा छुट्ने ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नगरवासीलाई वास्तविक अभावको प्रकृति पहिचान गरि पुनः रात वितरण गरिने उपमेयर पराजुलीले जानकारी दिएकी छन् । उनले विपतको समयमा आर्थिक नैतिक एवम् प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्नुहुने व्यक्ति तथा संघ संस्था सबैलाई हार्दिक आभार धन्यवाद व्यक्त गरेकी छन् ।

92363395_525274128163108_3222721529368281088_n