इटहरीः  इटहरी उपमहानगरले स्थापना गरेको विपद व्यवस्थापन कोषमा गुरुङ समुदायका ५ वटा संस्थाहरुले ५५ हजार ६ सय रुपियाँ प्रदान गरेको छ ।
बुद्ध गुम्बा इटहरी, तमु सेवा समिती इटहरी, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद इटहरी , तमुस्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद र गुरुङ आमा समूहले संयुक्त रुपमा सो रकम उपमहानगरका मेयर द्धारिकलाल चौधरीलाई प्रदान गरेका हुन् ।
राहत रकम तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय सदस्य केशरमान गुरुङ र तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय महिला केन्द्रिय उपाध्यक्ष शिला कुमारी गुरुङको उपस्थितिमा नगद हस्तारन्तरण गरिएको हो । सो बेला गणेश गुरुङ, अरुण गुरुङ, धन बहादुर घले र रोहित गुरुङ लगायतको सहभागीता रहेको थियो ।
इटहरी उपमहानगरको कोषलाई दिइएको रकम गुरुङ समुदायको बिभिन्न संस्थामा आवद्ध सदस्यहरुले व्यक्तिगत रुपमा सहयोग प्रदान गरेका हुन् । आवश्यक परे थप सहयोग प्रदान गर्न तयार रहेको राहत रकम तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय सदस्य केशरमान गुरुङले बताए ।