काँकरभिट्टाः  लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले भोली( सुक्रबार) देखि सामुहिक खाना खुवाउने भएको छ ।
आज (विहिवार) साँझदेखिनै उनीहरुलाई खाना खाने व्यवस्था गरिएको भए पनि भोली (शुव्रmवार) बाट मेस स्थापना गरि खाना खाने व्यवस्थापन गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्टले बताए ।
कोरोना भाइरसका कारण लकडाउनमा परेका यात्रुहरु काँकरभिट्टा विभिन्न होटलमा गएको दुई सातादेखि बसिरहेका छन् । उनीहरुसँग भएको पैसा सकिएको र होटलले पनि लामोसमय सम्म खुवाउन नसक्ने भएपछि सामुहिक खानाको व्यवस्था गर्नु परेको अध्यक्ष श्रेष्टले बताए । लक डाउन कति समयसम्म लम्बिन्छ भन्ने टुंगो नभएका कारण होटलमा बसोवास गर्नेहरु विचल्लीमा पर्न थालेका छन् ।

92539353_2521666911420181_2012829413883772928_n