इटहरीः बेलायतका रहेका तरुण दल सुनसरीका सभापति सिजन गुरुङको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट संकलित राहत रकमबाट तरहरा नेपाली समाज युके परिवारले तरहरा आसपासका अति विपन्न परिवारलाई लकडाउनका बेला भोकै बस्न नपरोस भनि बिहिबारबाट खाद्यन्नका सामाग्रीहरु वितरण शुरु गरेको छ ।
राहत स्वरुप सो क्षेत्रका कम्तीमा २ सय घर परिवारलाई राहत वितरण गर्ने योजना अनुसार बिहिबारबाट राहत स्वरुप खाद्यन्नका सामाग्री वितरण शुरु गरिएको हो ।
तरुण दल सभापति गुरुङले त्यहाँ रहेका नेपालीहरुसंग सल्लाह गरि तरहरा नेपाली समाज युके परिवार मार्फत राहतका रकम संकल पठाएपछि इटहरीका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्नका सामाग्री वितरण शुरु गरिएको नेपाली कांग्रेसका नगर सदस्य युवा नेता दिब्यराज गुरुङले बताए ।

91959575_535980523993444_6926822074149240832_n


उनका अनुसार बिहिबार पहिलो चरण अन्तरगत इटहरी उपमहानगरपालिका वार्ड न.२ पिपल चौकका १४ अति विपन्न घर परिवारलाई खाद्यन्न सामाग्री प्रदान गरिएको छ । सुक्रबारबाट राहत वितरण कार्यलाई निरन्तरता दिने उनले बताए । सिजनले यसअघि आफ्नो व्यक्तिगत लगानीमा १ सय घर परिवारलाई राहत प्रदान गरेका थिए । उनले आफु लण्डनमा रहेपनि आवश्यक परे पुनः सहयोग जुटाएर पठाउने बाचा गरेका थिए । बाचा गरे अनुसार उनले लण्डनमा रहेका नेपाली मनहरुलाई एकै स्थानमा ल्याएर रकम संकलन गरि पुन ःपठाएको दिब्यराजले बताए ।
दिब्यका अनुसार पिपल चौक १४ परिवारलाई १० केजी चामल २ केजी दाल , १ केजी नुन , २ लिटर खानेतेल , १ ओटा डिटोल साबुन र १ ओटा कपडा धुने साबुन प्रदान गरिएको छ । नेपाली समाज यु.के.परिवारबाट सपना राई , निर्मला राई , थुर्पन मगर, बम बहादुर तामाङ, मेनुका राई, टीका कार्की , सन्तोश मेहेता , अनिता मगर, कमल भुजेल, गिता थापा, युवराज पौडेल , कृष्ण कार्की , सीता माझी र माया राईको परिवारले राहत पाएका हुन् ।