इटहरीः प्रदेश नम्बर एकै गहनाका रुपमा लिइएको इटहरीको एक मात्रै पर्यटकिय क्षेत्र तालतलैया विकास तथा संरक्षण समितिले इटहरी उपमहानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा १ लाख १ हजार १ सय ११ रुपियाँ प्रदान गरेको छ । समितिका अध्यक्ष वीरबहादुर राई लगायत अन्य पदाधिकारीहरुको समेतको सहभागीतामा मेयर द्धारिकलाल चौधरीलाई सो रकम बराबरको चेंक हस्तान्तरण गरिएको हो ।
त्यसैगरि आजै हङ्गकङ्ग तरहरा हाँसपोसा मञ्च, हङ्गकङ्गद्धारा राहत प्रकोप व्यवस्थापन कोष इटहरी उपमहानगरपालिकालाई पचास हजार एकसय रुपैयाँ हस्तान्तरण गरिएको सुबेच्छु देवान राईले बताए ।