धरानः कोरोना भाइरस आशंका गरिएका एक व्यक्ति आज वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् । उनलाई प्रतिष्ठानर्को आइसोलेसन कक्षमा भर्ना गरिएको हो । झापाको एक अस्पतालबाट आएका ती बिरामीलाई शनिवारदेखि प्रतिष्ठानको आइसोलेसनमा राखिएको हो ।
उनका कुनै पनि ट्राभल्स हिस्टोरी नदेखिए पनि दोस्रो फेसमा रहेकाले आइसोलेसनमा राख्नु परेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए । उनमा हालसम्म कोरोना संक्रमणको लक्ष्ण भने नदिखिएको तर आशंका भएकाले आइसोलेसनमा राखिएको सह प्रवक्ता डा. ऐरले बताए । उनको स्वाब आइतवार(भोलि) लिएर टेष्ट गरिने उनले बताए । डा. ऐरका अनुसार प्रतिष्ठानमा अहिले सम्म १५ जनालाई आइसोलेसनमा भर्ना गरिएको थियो भने १४ जना डिस्चार्ज भइसकेका छन् । हाल सम्म २४५ जनामा कोभिड हेल्पडेस्कबाट चेकजाँच गरि २सय ११ जनालाई सेल्फ आइसोलेसनमा पठाइएको छ भने १९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
प्रतिष्ठानमा अहिले सम्म गरिएको १ सय ६८ जना कसैको पनि रिपोर्ट पोजिटिभ नदेएको उनले जानकारी गराए । प्रतिष्ठान र अन्य ठाउँबाट आएका नमुना परिक्षण गर्दा कसैको रिपोर्ट नेगेटिभ नभएको उनको भनाई छ । प्रतिष्ठानमा मात्रै ४५ जनाको स्वाब परिक्षणका लागि नमुना लिएको थियो ।