इटहरीः गए राती चट्याङ लागेर खोटाङमा २ जनाको मृत्यु भएको छ। जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं –१,फेदीको तोमानेमा शनिबार राति चट्याङ पर्दा ३८ वर्षीया निर्मला बिक र १५ वर्षीय राजमणि राईको निधन भएको हो ।
फेदीमा २ जनाको मृत्यु भएको छ २ जना गम्भीर घाइते भएका छन् । घाइतेको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको खोटाङका संघिय सांसद विशाल भट्टराईले जानकारी दिए । गम्भीर घाइते हुनेमा मृत्यु हुने निर्मलाकै छोरा आसन बिक र छोरी मनकला बिक रहेको खोटाङ प्रहरीले जनाएको छ ।