इटहरीः बेलबारी नगरपालिकाले भोलिदेखि कोरोना भाइरसको परिक्षण गर्ने भएको छ । कोरोना परिक्षणका निम्ति आवश्यक स्वास्थ्य सामाग्री अभाव भइ परिक्षण कार्य संचालन गर्न समस्या भइरहेको सन्दर्भमा सामाग्रीको उपलब्धतासंगै बेलबारीले निशुल्क कोरोनाको परिक्षण गर्न लागेको हो ।
परिक्षणका लागि चाहिने आवश्वयक स्वास्थ्य सामाग्री ल्याइसकेको र भोलिबाटै नगरपालिकाले द्रुत निदान परिक्षण विधिबाट कोरोना रोग परिक्षण गरिने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी(तारा) पराजुलीले जानकारी दिएकी छन् ।
यस परिक्षण विधि बाट परिक्षण गर्दा १५ मिनेट भित्रमा सङ्क्रमित हो या होइन रिपोर्ट आइसक्ने कुरा नगरपालिकाका स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माले बताए ।