इटहरीः इटहरी सरकारले जनता बहुमुखी क्याम्पसमा निर्माण गरेको क्वारेन्टाइनलाई लायन्स क्लब अफ इटहरी सुनसरीले वासिङ्गमेसिन प्रदान गरेको छ ।
क्वारेन्टाइनमा बस्ने बिरामीहरुको लत्ताकपडा धुनका लागि कठिनाई भईरहेको बेला लायन्स क्लबले अति नै आवश्यक परेको वासिङ्गमेसिन प्रदान गरेर ठूलो सहयोग गरेको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले बताइन् । ७० हजार मुल्य बराबरको सो मेसिन आइतवार क्लबले क्वारेन्टाइन निर्माण स्थलमै पुगेर उपमेर गौतम मार्फत त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको छ ।