रौतहट: रौतहटका एक १९ वर्षीय युवकमा पनि कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबारको नियमित पत्रकार सम्मेलनमा थप एक जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले रौतहटमा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
क्वारेन्टाइनमा राखिएका ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ ।