भारतले कोरोना भाइरस ९कोभिड (१९) को संक्रमण फैलिन नदिन देशमा फेरी २१ दिनदेखि जारी लकडाउन थपेको छ। भारतले मे ३ (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेको हो ।
देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्।
यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (१५ अप्रिल) सकिँदैछ । त्यसको अघिल्लो दिन टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मार्चसम्म बढाउने निर्णयमा पुगेको बताएका हुन् ।
सम्बोधनमा मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक रोक्ने प्रयास कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए।उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्।