इटहरी: इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट एक ब्यक्ति भागेका छन् ।केही दिन अगाडी भारतबाट नेपाल आएका १२ जना मध्ये एक ब्यक्ति भागेका हुन् । भागे पनि उनलाई केही परबाट नेपाली सेनाले समातेको छ ।
उनीसहित १२ जनालाई केहि दिन अघि इटहरी उपमहानगरपालिकाले सो क्वारेन्टाइनमा राखेको थियो । सो समुहमा भारतीय पनि छन् । भागेका व्यक्ति भारतीय नागरिक रहेको बुझिएको छ ।
स्थानीय वासिन्दा एवंम सो क्याम्पसका संचालक समितिको सदस्यमसेत रहेका प्रमोद भट्टराईले सशस्त्रको सहयोगमा नेपाली सेनाले पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार भाग्ने व्यक्ति चाउचाउ खाँदै भागेका थिए । उनले भिडियोमा भनेका छन् भोक लागो अनि भागे । उनी के कति कारणले भागेका हुन् पत्ता लाग्न सकेको छैन । ययि ब्यक्ति क्वारेन्टाइनबाट भागेको विषय गाउँलेले थाहा पाएपछि स्थानीय त्रसित बनेका छन् ।
इटहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद चौलागाईले फेसबुक वालमा लेखेका छन् इटहरी जनता बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राख्न ल्याइएको एक ब्यक्ति भर्खरै पछाडीबाट भाग्यो र हो हल्ला हुदाँ पचरुखीको मध्यभागमा रहेको दोकान घरमा घुसेको अबस्थाबाट सुरक्षा कर्मीले पक्राउ गरी फिर्ता ल्याएको अबस्थाले हामी स्थानीय बासिन्दा भएभित छौं ।
यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने ति ब्यक्ति क्वारेन्टाइन लगिदैं गर्दा बाटाबाटै भोगेको र उनी मानसिक बिरामी रहेकाले उनलाई पक्राउ गरी क्वारेन्टाइनमा राखिएको बताइन् । उनको कोरोनो रिपोर्ट नेगेटिभ भएकाले अन्यन्त्र सारिएको बताइन् ।
यो भिडियो हेर्नुहोस्