इटहरीः तपाईले कुनै रोगको नियमित औषधी सेवन गरिरहनु भएको होला । लकडाउनले घरबाहिर निस्कन नपाएर औषधी त सकिएको छैन ? कतिलाई लकडाउन भरी नियमित खानु पर्ने औषधी पाइएला कि नपाइएला भन्ने चिन्तापनि थपिएको होला । अब तपाईहरु सबैको चिन्ता दुर हुने भएको छ । इटहरीमा फार्मेसी अध्ययन गरेका युवाहरुको समूहले होम डेलिभेरी सहितको अनलाइन फार्मेसी सेवा सुरु गरेका छन् ।
तपाईले सम्पर्क मात्र गर्नुहोस् आफुलाई चाहिने बजारमा उपलब्ध हुने औषधीहरु तपाईको घरमै ल्याईदिन्छन् । कोरोना संक्रमणको त्राससंगै हाल जारी रहेको लकडाउनमा तपाई घर बाहिर निस्कन नै पर्देन ।
तपाईले आफुलाई चाहिने औषधीको नाम मात्र फोन गरेर, एसएमएस गरेर, या सौर्य अनलाइन फार्मेसी नामको फेसबुक पेंजमा गएर म्यासेन्जरबाट पठाउन सक्नु हुने छ ।
इटहरीका अतित गुरागाँइले संचालनमा ल्याएको सौर्य अनलाइन फार्मेसीले अब तपाईलाई आवश्यक पर्ने औषधी तपाई बसेकै स्थानमा ल्याईदिने छ ।
सो अनलाइन सेवाले हाललाई इटहरी, इनरुवा, दुहवी, सुन्दरहरैंचा, बेलबारी, विराटनगर लगायतका क्षेत्रहरुमा निःशुल्क होम डेलिभरी प्रदान गर्ने संचालक गुरागाँईले बताए । उनका अनुसार औषधीको मूल्य एमआरपीमा उल्लेख भए बमोजिम नै लिईने छ ।