इटहरी: मंगलबार विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ७६ हजार ६ सय नयाँ संक्रमित थपिँदा ६ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २६ हजार नयाँ संक्रमित देखिँदा २४ सयले ज्यान गुमाए । त्यस्तै, बेलायतमा ७७८ हजारले ज्यान गुमाउँदा ५ हजार २ सय नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा २४ घण्टाभित्र साढे ६ हजार संक्रमित भेटिएकामा ७६२ को मृत्यु भएको छ ।

इटालीमा ६०२ व्यक्तिले ज्यान गुमाउँदा २९ सय संक्रमित थपिएका छन् ।वर्ल्डमीटर इन्फोका अनुसार विगत २४ घण्टामा स्पेनमा ४९९ जनाको मृत्यु हुँदा करिब ३ हजार संक्रमितको पुष्टि भएको छ ।

वर्ल्डमीटरले मंगलबार चीनमा नयाँ संक्रमण र मृत्यु भएकोबारे तथ्यांक भने उल्लेख गरेको छैन ।त्यस्तै टर्कीमा पनि ४ हजार संक्रमित थपिँदा १०७ जनाले ज्यान गुमाए ।

यता बेल्जियमको अबस्था पनि उतिकै दर्दनाक छ । बितेको २४ घण्टामा बेल्जियममा २५४, क्यानाडामा १२३, नेदरल्याण्ड्समा १२२, इरानमा ९८, ब्राजिलमा २०४ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा मंगलबार १ हजार ३४ नयाँ संक्रमित थपिँदा ३५ जनाले ज्यान गुमाएका छन् ।गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् ।

बुधबार बिहानसम्म कोरोनाबाट १९ लाख ९७ हजार संक्रमित हुँदा १ लाख २५ हजार बढीको ज्यान गइसकेको छ ।
यस्तै, ४ लाख ७८ संक्रमित भने उपचारपछि घर फर्किएका छन् ।