छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यूरोप अमेरिका हुदै भारत र नेपालमा पनि देखिएको छ । विश्वमै सबैभन्दा बढी नागरिकले ज्यान गुमाएको देशमा आफुलाई महाशक्तिशाली देश ठान्ने अमेरिकाले आफ्नो स्थान दर्ज गरिरहेको छ । दक्षिण तर्फको हाम्रो छिमेकी देश भारतमा बुधबार राती ९ बजेसम्मको रेकर्डमा ४ सय ५ जना नागरिकले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाईसकेका छन् । ११ हजार बढी नागरिकमा यसको संक्रमण देखि सकेको छ । हाम्रो देशका अधिकांश तराईका जिल्लाहरु भारत सिमाक्षेत्रसंग जोडिएका छन् । त्यसमा पनि हाम्रो प्रदेश नम्बर एकको राजधानी नै भारतीय सिमा जोगवनीसँग जोडिएको सबैलाई जानकारी छदैछ । प्रदेश नम्बर १ का मोरङ, सुनसरी, झापा र इलाममा भारतीय सिमासंग जोडिएको क्षेत्रफल धेरै नै छ । ती सिमा क्षेत्र हुदै भारतबाट आएका १ लाखबढी मानिसहरु प्रदेश सरकारको सम्पर्कमै नभएको तथ्य यसअघि नै मुख्यमन्त्री शेरधन राईबाट सार्वजनिक भएकै छ । अहिले तेस्रो मुलुकबाट आउने व्यक्तिबाट भन्दा पनि दोस्रो मुलुक( भारत)बाट आउनेहरुबाट प्रदेश एकमा कोरोना संक्रमण फैलन बढी खतरा छ । यसकारण प्रदेश एक बढी सचेत हुन जरुरी पनि छ ।
पछिल्लो रेकर्ड अनुसार विश्वभरका २० लाखबढी मानिसमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । १ लाख २९ हजारबढी मानिसले ज्यान गुमाईसकेको अवस्था छ । यो कोरोना भाइरस निको हुने हालसम्म कुनै औषधी नै पत्ता लगाउन सकिएको छैन् । संसारभरीका वैज्ञानिकहरु , विज्ञान बिषयमा विश्वविख्यात विश्वविद्यालयका अनुसन्धानकर्ता, विज्ञहरु यो भाइरसलाई मार्ने औषधी पत्ता लगाउन दिनरात खटिएको पनि महिनौ भईसकेको छ । तर आजसम्म कुनै पनि वैज्ञानिकले औषधी बनाउन सकेका छैनन् ।

EU-states-record-highest-one-day-death-toll-corona1
कोरोना संक्रमणबाट आफु र अरुलाई बचाउने अचुक औषधी भनेकै सामाजिक दुरी(सोसल डिस्टेन्स) घटाउनु पर्ने   हो । त्यसैका लागि बन्दका लागि होइन, खुल्लाका लागि अमेरिका बनेको हो भन्ने जस्ता घमण्डीपूर्ण जवाफ दिएर लकडाउन र समाजिक दुरी घटाउन नसक्दा  विश्वको महाशक्तिशाली देश अमेरिकाको हालत अन्यदेशको तुलनामा सोच्नै नसक्ने अवस्थामा पुगेको छ । इटाली, स्पेन जस्ता मुलुकमा कोरोना आउदा गिज्याउने अमेरिकी राष्ट्रपति ट्रम्प यतिबेला मुलुकका अधिकांश राज्यहरुमा संकटकाल लगाई नागरिकहरु बीच सामाजिक दुरी कायम गराउन तर्फ लागेका छन् ।
कोरोना भाइरसको संक्रमण बच्ने र यसको संक्रमणबाट ज्यान जोगाउने एक मात्र विधि अर्थात औषधी भनेको समाजिक दुरी कायम अर्थात घटाउनु  नै हो । त्यसैले नेपाल लगायत संसारभरका अधिकांश देशहरु इतिबेला लकडाउनमा छन् । र, ती मुलुकका नागरिकहरुले समाजिक दुरी कायम गरिरहेका छन् । अर्थात घटाइ रहेका छन्र ।
यो भाइरसको महामारीबाट आफु, आफ्ना परिवार र देशलाई जोगाउन सामाजिक दुरी(सोसल डिस्टेन्ट) लाई बिषेश महत्व दिन विश्वस्वास्थ्य संगठनले बारम्बार भनिरहेकै छ । विश्वभरका वैज्ञानिकहरुको सुझाव पनि यहि छ ।
तर, हामीले यस्ता सुझाव र सत्य कुरालाई कत्तिको आफ्नो दैनिक जीवन शैलीमा पालना गरिरहेका छौ त ? भन्ने प्रश्न उठ्ने गरेको छ । चैत्र १२ बाट बैशाख १५सम्म नेपालमा पनि लकडाउन छ । हिजो मात्र संघीय सरकारको मन्त्री परिषद बैंठकले नेपालमा कोरोना संक्रमण प्रतिदिन बढीरहेको र छिमेकी मुलुक भारतमा अवस्था जटिल बन्दै गएकोमा गम्भिर बहस गर्दै थप १२ दिन लकडाउन बढाउने निर्णय गर्यो । निर्णय समार्जनिक गर्दा बडो जोडतोडका साथ मन्त्रीहरुले लकडाउनलाई पूर्ण रुपमा पालना गर्ने र सामाजिक दुरी कायम राख्ने रटान लगाए । तर, नागरिकलाई रटान लगाउने मन्त्रीहरुले नै समाजिक दुरी कायम गरिरहेका छन् त ? यो प्रश्नमा गम्भिर बहस गर्न जरुरी भइसकेको छ ।
प्रसंग हो, प्रदेश नम्बर १ को । प्रदेश नम्बरमा पनि कोरोना संक्रमण फैलिन नदिन प्रदेशका मुख्यमन्त्री शेरधन राई सहित प्रदेश सरकारका सबै मन्त्री र सांसदहरु दिनरात नभनी कोरोना विरुद्धको लडाईमा जुटिरहेका छन् । क्वारेन्टाइन निर्माण, अस्पतालहरुमा आइसोलेसन निर्माण, आइसियु बेड थप, कोरोना संक्रमण टेष्ट, राहत वितरण, सिमा क्षेत्रमा कडाई , स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान लगायतका कार्यमा दैनिक जसो प्रदेश एकका मुख्यमन्त्री , मन्त्री , संसाद , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायत फिल्डमा खटिरहेको खबरहरु देख्न, सुन्न र पढ्न पाईरहेकै छौं । तर, त्यस्ता कार्यक्रमहरुमा सहभाागी हुने तीनै मुख्यमन्त्री, मन्त्री, सांसद, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगातले सामाजिक दुरी(सोसल डिस्टेन्स) ख्याल पुर्याएका छन् त ?   मिडियामा आएका तस्विर सहितका समाचारहरुलाई राम्रोसंग नियालेर हेर्ने हो भने कसैले पनि सामाजिक दुरीलाई ख्याल नै पुर्याईरहेका छैनन् ।
यहाँ उदाहरणका रुपमा लिइएका केही तस्विरहरु यस्ता छन्ः

sosal photo 1
पहिलो तस्विरः यो तस्विर हो, मंगलबार मिडियामा एउटा तस्वीर सार्वजनिक भयो । सो तस्विर विराटनगरमा कोशी अञ्चल अस्पतालले निर्माण गरेको कोरोना बिषेश उपचार अस्पताल अगाडीको । अस्पताल अगाडी भएको कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोख्रेल , कोशी अञ्चल अस्पतालकी प्रमुख डा. संगीता मिश्रा लगायतको सहभागीता प्रष्टसंग देख्न सकिन्छ । उनिहरु प्राय सबैले मुखमा लगाएको मास्क खोलेका छन् । र नजिकबाट पत्र लिने दिने कार्य गरेका छन् । तर,उनिहरुबाट सामाजिक दुरी(सोसल डिस्टेन्स) कायम भने गरिएको छैन् । के मान्नीयहरु, स्वास्थ्यकर्मीहरुले चाँही सामाजिक दुरी( सोसल डिस्टेन्स) लाई ख्याल पुर्याउनु नपर्ने हो की ? बुझि नसक्नु नै छ ।

cm rai (1)
दोस्रो तस्विरः यो तस्विर हो , बुधबार मुख्यमन्त्री कार्यालयमा अर्थमन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्रीले प्रदेश सरकारले प्रकाशनमा ल्याएको प्रदेशको योजना र बजेट तर्जुमा दिग्दर्शन सार्वजनिक कार्यक्रमको । यो तस्विर अनुसार मुख्यमन्त्री , अर्थमन्त्री प्रदेश योजना आयोगका पदाधिकारीहरु लगायतले न मास्क नै लगाएका छन् , न त समाजिक दुरी नै कायम गरेका छन् । यो तस्विरमा मुख्यमन्त्रीसंग मुख्य सचिव दिनेश भट्टराई टाँसिनै खोजेको स्पष्ट देखिन्छ । सो कार्यक्रममा आफ्नो भनाई राख्दै अन्तिममा मुख्यमन्त्रीले कार्यक्रम स्थलबाटै प्रदेशबासीलाई लकडाउन पूर्ण पालना गर्न र सामाजिक दुरी(सोसल डिस्टेन्स) कायम राख्न आग्रह समेत गरे । तर, उनले भईरहेको कार्यक्रममा आफु लगायत सहभागी अन्यबाट समाजिक दुरी( सोसल डिस्टेन्स) ख्याल  गरियो गरिएन विचार नै पुर्याएनन् । 

sosal photo 2
तेस्रो तस्विरः यो तस्विर हो, बुधबार इटहरी अस्पतालमा सामाजिक विकास मन्त्रालय प्रदेश १ बाट प्राप्त पिपिई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको । जहाँ प्रदेश नम्बर १ का सांसद लिलम बस्नेतले स्वास्थ्य सामाग्री भएको कार्टुन अस्पताल संचालन समितिका अध्यक्ष तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष भूपेन्द्र बराललाई प्रदान गरिहरेका छन् ।उनिहरुसंगै टाँसिएरै सो अस्पतालका डाक्टरदेखि लिएर अन्य स्वास्थ्यकर्मी र प्रशासनका कर्मचारीहरु पनि उभिएका छन् । यहाँपनि सांसद सहित कसैले पनि सामाजिक दुरी(सोसल डिस्टेन्स) ख्याल नगरेको प्रष्ट देखिन्छ ।
ठुला बडाहरुले कोरोना भाइरसको संक्रमण हुनबाट आफु, आफन्त र मुलुकलाई जोगाउनका लागि कायम राख्नस पर्ने एक मात्र विकल्पका रुपमा रहेको सामाजजिक दुरी( सोसल डिस्टेन्स)  नराखेको यी माथिका तस्विर केही प्रतिनिधि मुलक उदाहरण मात्रै हुन् ।
सामाजिक दुरी  राख्न पर्ने बताउनेहरु, रटान लगाउनेहरुनै बिभिन्न नाममा कुनै कुराको प्रवाहा नगरि आफ्ना गतिविधिहरु संचालन गरिरहेका छन् । कोरोना महामारीको बेला यस्ता कार्यले जतिबेला पनि संकट ल्याउन सक्छ ।
यहाँ प्रदेशका अभिभावक, जनप्रतिनिधिका रुपमा रहेर महासंकटमा दिनरात खटिरहने मुख्यमन्त्री, मन्त्री र सांसदहरु जनताको काममा सहभागी नै हुन नहुने भन्न पनि खोजिएको होइन, तर आफुहरु सामाजिक दुरी(सोसल डिस्टेन्स)  राख्ने कुरामा कहाँ कहाँ चुकिरहेका रहेछौं भन्ने कुरालाई मनन् गर्ने कि नगर्ने ? कोरोना भाइरसले ठूलो सानो, जातपात, धनी गरिब केही नभन्ने रहेछ भन्ने कुरा त तपाई हामी सबैले राम्रोसंग बुझेकै छौ त । र पनि किन यस्तो लार्पावाही ? समाजिक दुरी(सोसल डिस्टेन्स)  राखेर यस्ता कार्यक्रम गर्दा हुन्न , मुख्यमन्त्री, मन्त्री र सांसद ज्यूहरु ? खेलाची किन ? त्यसैले सामाजिक दुरी(सोसल डिस्टेन्स) कायम राखौं, आफु पनि बचौं, प्रदेशबासीलाई पनि बचाऔं । नत्र पछुताउनु बाहेक अर्को विकल्पै हुदैन । सबैमा चेतना भया ।

सामाजिक दुरी भनेको के हो ?

एक ब्यक्ति र अर्को ब्यक्ति बिचको दुरी नै सामाजिक दुरी हो । सामाजिक दुरी बढाउन, कुनैपनि प्रकारको सामाजिक कार्यक्रम, भेला लगायतका क्रियाक्लापहरु नगरि व्यक्ती—व्यक्ती बिचको दुरी बढाउनु पर्ने हुन्छ । जसले गर्दा कुनै पनि प्रकारको सरुवा रोगहरु एकबाट अर्कोमा सर्ने सम्भावना कम गर्दछ । मानिसहरू भिडभाड र जमघटबाट टाडै रहनु हो । घरबाट बाहिर निस्कनु हुदैन् ।

अत्यावश्यक समाग्री खरिदको लागि निस्कनै पर्न भए कम्तिमा तीन फिट या एक मिटरको दुरी कायम गर्नुपर्छ । जसले कोभिड—१९ को संक्रमणबाट जोगिन सकिन्छ । घरभित्रै बस्दा समेत पारिवारिक दुरी कायम गर्नुपर्छ । जसको लागि अलग–अलग बस्नु आ आफ्नो सामान प्रयोग गर्नु र अलग–अलग सुत्नु पर्ने हुन्छ । यस्तो अवस्थामा मास्कको आवश्यक हुन्छ ।